सन्तोष आचार्य
काठमांडौ,नेपाल
देश दुखेको छ । जनता मरि रहेका छन् ! शासक वर्ग भने मरेका जनताको लाश माथी ताण्डव नृत्य गरिरहेका छन् । नेपालमा २०७२ को बैशाख महिना सगै भित्रीएको महाभुकम्पको पिडामा मल्हम लगाउन अघि सरेको भारत मार्फत नै आज नेपालमा गरिएको अघोषित नाकाबन्दीले देश पिडित बनेको छ ।
खानलाई खाद्यान्ह छैन बाल्नलाई ईन्धन छैन, घर फर्किउ सवारी साधन छैन, बिरामी भएर अस्पताल जाउ औषधी उपचार छैन । सबै तिर त्रास र कोलाहल मच्चिरहेको छ । देशको अवस्था यस्तो हुदा सम्म पनि नेतृत्व पङ्तीलाई कुनै फरक परेको छैन ।
सरकारलाई टिकाउनको निम्ती ६ खुट्टे ओदान लगाएर बसेका छन् । राष्ट्रीय ढुकुटी बाट तलब र भत्ताको रूपमा करोडौ रुपैयाको घोटाला गरेका छन् । कालोबजारीकर्ता सग मिलेर हरेक सामानमा १०० प्रतिशत भन्दा बढी मुल्य बढाएका छन् भने उता सम्विधानको सम्सोधनको निम्ती आवाज उठाई रहेको मधेशवादी दलहरूले सिमा क्षेत्रमा रहेर भारतको अन्यायलाई थप सहमती दिरहेको छन् ।
मधेशमा बम पड्किदा समेत हामि भारत सग कुरा गर्छौ भन्ने मधेशवादी नेतृत्वहरूले खुल्ले आम नेपालको नेतृत्व वर्गलाई च्यालेन्ज गरि रहदा समेत सरकार मौन छ । मधेशको समस्या आजको होईन भन्ने कुरा हामि सबैलाई थाहा भएको नै कुरा हो ।
बि पि कोईरालाले भाई गिरिजालाई त सग हवल्दार बन्ने क्षमता त छैन तैले के राजनीति गर्छस् भनेको इखको परिणाम स्वरूप भारतबाट कारखाना मजदुरको नाममा कयौ भारतियहरूलाई जागिरको साथमा पहिचान समेत दिलाईदिने शर्तमा नेपालमा भित्राएर उनिहरू कै आडमा गिरिजाले राजनीतिक जिवनलाई स्थापित गरेको परिणाम आज सारा नेपालीले भोग्नु परिरहेको छ ।
माओवादी तिनै मधेशीलाई आफ्नो भोट बैन्क स्थापित गर्नको निम्ती आफूलाई गरेको समर्थनको बदलामा एक मधेश एक प्रदेश दिन्छु भनि उनिहरू बिचमा मशिहा बन्न खोज्यो ! सत्तामा जो आए नि मधेशलाई काखि च्यापेर राजनीति गर्ने जुन फोहरी खेल यहा पचासौ वर्ष देखि भईरहेको छ त्यसैको परिणाम हो यो मधेश आन्दोलन !
सुतेको बिरालोलाई पटक-पटक आक्रमण गर्यो भने त्यसले प्रतिकार गर्नु नौलो हैन । शिर्ष नेताको स्वार्थपूर्ण राजनीतिको कारण आज देश दुखिराको छ । भारत त यहा उत्प्रेरक मात्र हो असलमा खराब तत्वहरू त यहि देशमा छन् । कोहि सरकारमा बसेर राज गरि रहेका छन् कोहि भने प्रतिपक्षमा बसेर गिरिजारूपी मधेश आन्दोलनलाई सघाईरहेको छन् ! तर यस्तो हुदापनि वास्तविक यथार्थ बाट टाडा छन् आजको सन्चारकर्मीहरू ! हामिले यहा जे गर्दापनि हुन्छ भन्ने मानसिकता बोकेका अवसरवादी नेतृत्वलाई जनताले आफ्नो पालनहारको रूपमा उभ्याउनुको परिणाम हो यो हेपाहा प्रबृत्ती !
भनिन्छ प्रजातन्त्र तथा लोकतन्त्रमा शक्ती भनेको जनतामा हुन्छ, तर हाम्रो देशमा त शक्ती तिनै केहि औलामा गन्न सकिने ब्यक्तीहरूको हातमा छ जो हाल सत्तामा बसेर नाकाबन्दीको समर्थनमा मौन रहेर कालोबजारीलाई बढावा दिरहेका छन् !
तसर्थ यसलाई आधार मान्ने हो भने न नेपालमा कुनै बेला प्रजातन्त्र आएको छ न लोकतन्त्र न गणतन्त्र नै ! अझै पनि नेपालमा एकतन्त्रीय शासन हाबी छ ! कहिले शाह बन्शीले यहा शासन गरे कहिले राणाले त कहिले कोईराला त कहिले दाहाल, भट्टराई हुदै ओलीले ! आखिर सत्ता परिवर्तन सगै नामाकरण जे जे गरेता पनि न नेपालमा आज सम्म प्रजातन्त्र नै आएको छ न त गणतन्त्र नै !
जबसम्म नेतृत्व वर्गहरूमा तन्त्र व्यवस्था प्रतिको सम्मान र ईमान्दारिताको विकास हुदैन तबसम्म नेपालमा यस्ता समस्याहरू भित्री रहन्छन् चाहे त्यो भारतको रूपमा होस् या मधेशको रूपमा नै किन नहोस् ! घर नै बलियो भएन भने छिमेकीले हेप्नु के नै नौलो भयो र !
0 comments:
Post a Comment