धिरेन्द्र चन्द सोडारी
मैले आज कुनै व्यक्तिको प्रशंशा गरेर मन जित्न खाजेको पनि होइन् न उहाँको बयान गरेर स्वार्थ लिनु पनि खोजेको होइन् । न मैले परिषद् छोडेर लेख्नु खोजेको पनि होइन् मैले केवल उहाँसंग ७ वर्ष काम गरेर उहाँ संगको अनुभव मात्र लेख्नु खाजेको हो ।
आज मान्छे कुनै न कुनै स्वार्थ लिएर काम गरेको अवस्थामा निःस्वार्थ भावनाले काम गर्ने उद्देश्वले संघ परिवारको आर्दशलाई विश्व सामु फैलाउनुको लागि नेपालका लागि प्रचारका रूपमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल का राष्ट्रिय संगठन सचिव डा. दीपक कुमार अधिकारी ज्यू संग टीकापुरमा कक्षा ११ मा पढ्दा बेला भेट भएको थियो । मलाई आज पनि याद आइरहेको छ उहाँले दिनु भएको प्रशिक्षण् । सायद् त्यो प्रशिक्षण मा के जादु थियो थाहा भएन् तर मेरो लागि जिवनको एक मुल्यावन प्रशिक्षण थियो् । त्यति बेला दीपक जी उचाईमा साना देखिएता पनि उहाँले सिकाउनु भएको ÷ दिनुभएको विचार सगरमाथा भन्दा ठुलो थियो । सायद् मेरो जिवनमा सधै लागु हुनेछ् । त्यो दिन बाटै नै राम्रो काम गर्दै विद्यार्थी परिषद्मा दायित्व लिदै आवद्ध भएको थिए ।
सानै उमेरमा परिषद्को दायित्व लिएर महत्वपूर्ण राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रममा सहभागी भएर दीपक जी संग संधै काम गर्ने अवसर पाए । उहाँ सधै भन्नुहुन्थ्यो सकारात्मक सोचेर रचनात्मक काम गर्दै असल व्यक्ति निर्माण गरेर राष्ट्रको पुनःनिर्माण गर्ने विद्यार्थी परिषद्को उद्देश्व हो् र हामीले असल कार्यकर्ता बन्नुपर्छ जब सम्म हामी असल कार्यकर्ता बन्दैनौ तब सम्म घर परिवार, समाज परिवर्तन गर्नु सक्दैनौं आदी ।
हामीलाई अच्चम लाग्थ्यो अरू संगठन का व्यक्ति आएर होटलमा बैठक, होटलमै बस्थे तर दीपकजी आएर कुनै न कुनै कार्यकर्ताको घरमा बस्ने गरथे । यो नयाँ कुरा पनि होइन कार्यकर्ता जोड्ने माध्यम जसरी पनि बनाउनु सकिन्छ् ।
तर उहाँ त त्यति मात्र होइन् कार्यकर्ताको हरेक सुखःदुखमा साथ दिन भएको थियो । उहाँले आफ्नो जिवन नै त्यागेर असल व्यक्ति निर्माणमा लाग्नु भएको थियो । दीपक जी संग मैले केही ठाउँमा प्रवास पनि गरेको छु । दीपक जी जुन सुकै काम पनि गर्नु हुन्थ्यो । एक जोड जुत्ता, चप्पल, कपडा लगाएर देशभर हिड्नु हुन्थ्यो , पाइन्ट सर्ट च्यातिएको छ भने सिलाएर प्रयोग गर्नु हुन्थ्यो त्यति मात्र होइन् त्यहि च्यातिएको सर्ट पाइन्ट बारम्बार सिलाएर लगाएको मेरो आखाले देखेको छु कुनै बेला त मैले नै च्यातिएको ठाउँमा फेरी सिलाएर मैले नै दीपक जी लाई दिएको छु । यो कुरा लेख्दा आखाँ बाट आशु नै आयो मेरो । उहाँ संग पैशा नभएको पनि होइन्, दीपक जी राम्रा परिवारमा हुर्केका व्यक्ति हुन् ।
दीपक जी वर्ष भरी नै प्रवास गर्नु हुन्थ्यो् दीपक जी कार्यलयमा बसेर कार्यलय सफा गर्ने आदी कामहरू जोश जागरका साथ गर्नुहुन्थ्यो सफा गर्ने कुरा त फरक हो, दीपक जी कार्यलयमा बसे भने ट्वाइलेट सम्म सफा गर्नु हुन्थ्यो ।
तपाई हामीलाई अच्चम लाग्छ होला है एउटा संगठन सचिव वा प्रमुख व्यक्तिले यस्तो पनि काम गर्छन भनेर....
कार्यकर्ता हुन न त केबल दीपक जी जस्ता कार्यकर्ता हुन् । वास्तवमा जन्माएकै हुन संघ परिवारले एक असल कार्यकर्ता , दीपक जी जस्तै नेपालमा एक जना अर्को कार्यकर्ता जन्मेको भए तपाई हामीले साचेको जस्तो परिवर्तन हुन्थ्यो । यति मात्र होइन दीपक जी लाई थाहा नभएको कुरो केहि छैन् । देशभरका प्रत्येक कार्यकर्ताका घर, परिवार संख्या, भौगोलिक बनावट, नदी नाला, आर्थिक अवस्था, भेषभुषा, संस्कार संस्कृतिक, परम्परा , शैक्षिक अवस्था, आदी
त्यसैले त आज दीपक जी संग तिता मिठा कुरा भए पनि दीपक जी सबै कार्यककर्ताका प्यारा छन् । विद्यार्थी परिषद्का कार्यकर्ताको समस्या बुझने् मात्र दीपक जी छन् । अरूले त केबल कार्यकर्ता संग शव्दमा मात्र राजनीति गर्छन् । दीपक जी कहिले महलमा त कहिले चौरमा सुतेको पनि रेकर्ड छ् । कहिले भोक भोकै काम पनि गर्नु भएको छ् । वास्तवमा दीपक जी ले मात्र दिनुभएको छ असल कार्यकर्ताको उदारण
दीपकजी ले आज हरेक कार्यकर्तालाई नेपाल आमाको जय जय भन्ने सिकाउनु भएको छ्, नेपालकै राष्ट्रियताको बारेमा सिकाउनु भएको छ् उहाँले कहिलै सिकाउनु भएन भारतको राष्ट्रियताको बारेमा, नेपालीहरूलाई नेपालकै बारेमा जानकारी दिनुभयो । हो आज पक्कै पनि दीपक जी जस्ता ५, ६ जना पनि भएको भए हजारौं व्यक्ति परिवर्तन हुन्थ्यो होला । कुनै शब्द नै छैन् उहाँलाई धन्यावाद दिनुको लागि....सलाम छ दीपक जी लाई जन्माउने आमालाई ।
लेखकको व्यक्तिगत विचार मात्र भएकोले अन्यथा केहि नलिनुहोला
0 comments:
Post a Comment