सन्तोष आचार्य
समाजशास्त्री, अनुसन्धानविद्
गरिब
तथा व्युत्पन्न वर्गका केटाकेटी जो देशका विभिन्न क्षेत्रमा गरिबी र
भोकोपेटलाई सहदै ठूलो मान्छे बन्ने सोच लिएर नाङ्गै खुट्टा यता उता बरालि
रहेका हुन्छन् । जो सग सपना त हुन्छ तर ति सपना लाई साचो सावित गर्नको लागि
सहारा हुदैन । त्यस्ता केटाकेटी पनि यो देशको कर्णधार हुन् । त्यस्ताले
पनि पढ्न पाउनु पर्दछ । तिनले पनि यो देश हाम्रो हो भन्ने कुराको अनुभुती
गर्न पाउनु पर्दछ भन्ने सपना देखेर उक्त सपनालाई साकार गर्नको लागि केहि
युवाहरू कम्मर कसेर लागे ।
त्यस्ता युवा, जो सग आफ्नै भविष्य छैन । जो आफै भविष्य बनाउनको लागि
पढिरहेको छ । जो अझै आफ्नो खुट्टामा उभिसकेका छैनन्, जो हाल सम्म पनि बाबु
आमा कै पौरखमा बाचिरहेका छन् । तिनिहरूको यो कदम साच्चिकै स्वागत योग्य छ ।
हामी सग कम्तिमा हाम्रो टाउको माथी हाम्रो बाबुआमाको हात त छ । हामी
कम्तिमा भोको पेट सुत्नु पर्ने अवस्थाको त छैनौ । तर ति कलिला केटाकेटी जो
जन्मिन त कुनै पुरूष र महिलाको कारणले जन्मियो तर जन्मिएर केहि सिक्ने केहि
बुझ्ने बेलामा भने न आमाको साथ न बाबुको सहारा दुईटै गुमाएर सडकमा बसेर यो
समाजले ठुलाबढाको ट्याग भिराएका व्यक्तीहरूले खादै गरेको खानेकुरा, जुन
कतिखेर भुईमा झर्दछ र त्यो मेरो मुखमा पर्दछ भन्ने झिनो आशा बोकेर
बाचिरहेको छ । एक दिन मपनि यसरि नै सजिएर सडकमा हिड्नेछु यसरि नै ठुलो गाढी
चढ्दछु भनेर सपना बुन्दै भोक, रोग र गरिबीसग लडि रहेका छन् ।
हो यस्ता किसिमका केटाकेटी हाल वर्षौनी नेपालमा बढी रहेका छन् तर न राज्यको
यसतर्फ ध्यान गैइरहेको छ न कुनै दयालु हातहरूको नै । त्यता मात्र कसैको
ध्यान गएको छ भने त्यस्ताको, जसले उनिहरूलाई सहारा बनाएर डलर भित्राएर
कागजी रिपोर्ट विदेशीलाई बेचेर आफ्नो जिउने आश्रय बनाई रहेको छ । यस्ता
गरिब तथा टुहुरा बालकको लागि वर्षेनी कयौ करोड डलरहरू आउने गर्दछ र कागजमा
कयौ गरिब जनताले सहारा पाए भनेर पनि लेखिने गर्दछ । तर वास्तविक जिवनमा
फर्केर हेर्ने हो भने उनिहरूको अवस्था झन झन दयनीय छ । यदी कुनै यस्तै
बालकले गएर तिनै डलरवादीहरूलाई भेटेर केहि मागि गयो भनेपनि उसले गाली र
तिरस्कारको सिवाय केहि पाउदैन ।
यस्तै र यस्ता किसिमको अन्य धेरै समस्यालाई मध्य नजर गरेर केहि युवाहरू आज
समाजमा उत्रीएका छन् । जसले आफ्नो सस्थाको नाम "युनिभर्सल भिजन ग्रुप" भनेर
राखेको छ । जसको सम्योजक राधेश्याम गिरी र कोषाध्यक्ष रोहन अर्याल रहेको
छन् । हाल उक्त सस्था दर्ताको प्रकृयामा नै रहेता पनि उक्त सस्थाको भिजन
देखेर समाजका कयौ व्यक्तीहरूले उनिहरूको कामको प्रशम्सा गर्दै धेरै थोरै
आर्थिक सहयोग समेत गर्न थाली सकेको छन् ।
देश हाम्रो हो, यदी देशलाई विकास गर्नु पर्दछ भने हामी आफैले गर्नु पर्दछ ।
कुनै विदेशीले आएर यो देश बनाईदेला अनि खाउला भनेर यदी कसैले सोच्दछ भने
त्यो सरासर गलत छ भन्ने मान्यता बोकेर यहि समाजमा नै छरिएर रहेको रुपैया
पैशालाई बटुलेर समाजिक क्षेत्रमा लगाउनु पर्दछ भन्ने सोच राखेर शुरू गरिएको
यो सस्थाको कामबाट प्रभावित भएर एक विदेशीले व्यक्तिगत रूपमा नै पहिलो
चरणमा नेपाली रु १०,००० र दोश्रो चरणमा अर्को १०,००० सहयोग गरि सकेको छन् ।
उक्त पैशापनि सस्थामा पारदर्शी ढङ्ग बाटै खर्च भएको कारणले होला अरूपनि
धेरै व्यक्तीहरू आज उक्त सस्थाको काममा हातेमालो गर्न तम्तयार भएर लागेका
छन् ।
हाल सम्ममा यस सस्थाले उत्प्रेरणामुलक कार्यक्रम, विभिन्न किसिमका
तालिमहरू, सरसफाई अभियान, हजुरलाई कपडा-अरूलाइ सहयोग नामका कयौ गतिविधीहरू
सन्चालन गरि सकेको छ । आजको समयमा यदी यस्ता किसिमको देशलाई माया गर्ने र
निश्वार्थ भावले देशको वारेमा सोच्ने केहि मात्र युवा अरू ठाउबाट खडा भईदिए
पनि आज देशले धेरै नै ठुलो राहत पाई सक्दथ्यो । सलाम छ यस्ता युवा जोशलाई
अनि सलाम छ राधेश्याम गिरी तथा रोहन अर्याल जस्ता सोच बोकेका अरू पनि
सस्थाको थुप्रै कार्यकर्ता साथीहरूलाई ।
0 comments:
Post a Comment