इन्टरनेटको गति जान्ने पाँच माध्यम

इन्टरनेट, आधारभूत आवश्यकता बनिसकेको यो। कम्प्युटरको जालोका रुपमा एउटा
प्राविधिक तन्त्रविज्ञान मात्र रहेन यो अब। आम मानिसको दैनिकीको आवश्यकता
बनिसकेको छ। त्यसैले त विश्वका विकसित मुलुकले यसलाई नागरिकको मौलिक हकका
रुपमा प्रत्याभूत नै गरिसकेका छन्। विकसित देशका नागरिकका लागि मौलिक हक
बनेको इन्टरनेट नेपालमा भने निक्कै महँगो छ। त्यसमा पनि डाउनलोड अनि अपलोड
हुने गति निक्कै सुस्तो। द्रूत गतिको इन्टरनेट चाहिँ इन्टरनेट सेवा प्रदायक
र मोबाइल सेवा प्रदायक महँगो शुल्कमा मात्र बेच्छन्। भोल्यूम बेस भनिने
चलाएको आधारमा पैसा लाग्ने सेवाको इन्टरनेट भने निक्कै द्रूत रहेको भन्ने
दाबी विज्ञापनहरुमा पाइन्छ। यथार्थमा चाहिँ उपभोक्ताले विज्ञापनमा उल्लेख
गरे जत्तिको डाउनलोड तथा अपलोडको गति भने पाएका हुँदैनन्। विभिन्न
एमबीपीएसको अर्न्तराष्टि्रय स्तरको सेवा भनिएका थ्रीजी डाटासेवाले पनि
पैसाको तुलनामा गति चाहिँ गतिलो दिएका छैनन। महँगो इन्टरनेट चलाइ रहेका
हामीलाई सेवा प्रदायकले दिएको इन्टरनेट कनेक्सनमा ब्याण्डवीथको ठूलो चलखेल
हुने गरेको छ। एउटै आइपी र ब्याण्डवीथ विभिन्न ग्राहकलाई बाँढ्ने भएकाले
सबैले इन्टरनेट चलाएको अवस्थामा वेबसाइटहरु निक्कै सुस्तो खुल्ने समस्या आम
भइसकेको छ।
तपाइँ इन्टरनेट सुस्तो चलेर हैरान हुनुभएको छ भने तपाइँलाई कुन स्तरको
गतिमा इन्टरनेट चल्ने भनेर सेवा प्रदायकले भनेको छ त्यसअनुसारको गति
तपाइँको इन्टरनेट कनेक्सनमा छैन भने त्यो तपाइँ माथिको छलि हो। यसखालको
व्यवहार गर्ने सेवा प्रदायकका विरुद्धमा नेपाल दूरसञ्चार प्राधिकरणमा
गुनासो गर्न सक्नुहुन्छ। शुल्क अनुसारको सेवा नदिने सेवा प्रदायकलाई
कारवाही र ग्राहकलाई क्षतिपूर्तिको पनि व्यवस्था छ। आफूले तिरेको शुल्क
अनुसारको सेवा पाउनु अधिकार भएकाले तपाइँले आफ्नो कम्प्युटरमा आफूले शुल्क
तिर्दा कम्पनीले कबोल गरे अनुसारको इन्टरनेटको गति छ कि छैन थाहा पाउनु
आवश्यक हुन्छ। आफ्नो कम्प्युटरमा रहेको कनेक्सनको इन्टरनेटको गति थाहा पाउन
तलका पाँच माध्यम अपनाउन सक्नुहुन्छ।
स्पीड एनालाइसिस
‘टेस्ट
योर लिमिटस्’ नाराका साथ इन्टरनेटको गति मापनको सेवा निशुल्क दिने यो
वेबसाइटले तपाइँको इन्टरनेटको गतिलाई मेगाविटस् प्रतिसेकेण्डको आधारमा मापन
गर्दछ। यसले तपाइँको इन्टरनेट कनेक्सनको आइपी नम्बर पनि पत्ता लगाइदिन्छ।
त्यसो त तपाइँको इन्टरनेटको गति सुस्तो हुनाका कारणहरु के के हुन सक्छन्
त्यसबारे सुझाव पनि दिन्छ।

टेस्ट माइ नेट स्पिड
इन्टरनेटको
गति आफूले शूल्क तिरे अनुसारको छ कि छैन भनेर जाँच्ने अर्को उपाय हो यो।
यसमा रहेको इन्टरनेटको गति मापन गर्ने सुविधा प्रयोग गर्दा यसले निश्चित
आकारको डाटा कम्प्युटरमा डाउनलोड गर्छ जसको आधारमा तपाइँको इन्टरनेटको गति
पत्ता लगाउँछ। यसले गतिको आधारमा इन्टरनेटको वर्गीकरण साथै तपाइँले अघिल्लो
पटक इन्टरनेटको गति जाँच्दा कति थियो र पछिल्लो पटक जाँच्दा कति छ दुवै
देखाउँछ। यसको प्रयोग गरेर तपाइँले कति कति समयमा तपाइँको इन्टरनेटको गति
कम थियो भन्ने पत्ता लगाउन सक्नुहुन्छ।

ब्याण्डवीथ प्लेस
यो
इन्टरनेटको गति मापन, मूल्यको तुलना साथै अनलाइन इन्टरनेट सेवा खरिद
बिक्रिका लागि सन् २००२ देखी सुरु भएको वेबसाइट हो। यसले अनलाइन टुलका
रुपमा निशुल्क इन्टरनेटको गति मापनको काम गर्दछ। यसको इन्टरनेटको गति मापन
गर्ने प्रविधि एचटीएमएल फाइभमा डिजाइन गरिएकाले यसले डेक्सटप, ल्यापटप,
ट्याब्लेट तथा मोबाइलमा पनि उत्तिकै व्यवसायिक रुपमा इन्टरनेटको गति मापन
गर्न सक्ने दाबी यसको छ।

हृवाट इज माइ आइपी एड्रेस
यो
वेबसाइटले तपाइँको इन्टरनेट परिचय भनिने आइपी एड्रेस मात्र होइन त्यसको
अपलोड र डाउनलोडको गति पनि पत्ता लगाउँछ। यसको फ्ल्यास इन्टरनेट गति मापकले
सुरुमा इन्टरनेटको आइपी पत्ता लगाउँछ त्यसपछि त्यसको गति। यसले तपाइँलाई
कुनै पनि वेबसाइटको आइपी पत्ता लगाउन साथै कुनै आइपी कालो सूचिमा परेको छ
छैन थाहा पाउन साथै आइपी परिवर्तन गर्न समेत मदत गर्दछ।

टेस्ट माइ नेट
इन्टरनेटको
गति मापन गर्ने अर्को सजिलो उपाय हो यो। यसले इन्टरनेटको गति भनेको के हो,
त्यसले तपाइँलाई के फाइदा छ र किन यसखालको मापन गरिरहनुपर्छ भन्ने बारेमा
समेत जानकारी दिन्छ। यसले डाउनलोड र अपलोडको गति मात्र मापन गर्दैन विभिन्न
खाले प्रयोग र परिक्षणका सुविधा पनि दिन्छ। साथै यसले तपाइँको इन्टरनेटको
गतिसँगै तपाइँले इन्टरनेट लिएको इन्टरनेट सेवा प्रदायकको सरदर इन्टरनेट गति
तपाइँको क्षेत्रका अरु मानिसहरुको इन्टरनेटको गतिको समेत विस्तृत विवरण
उपलब्ध गराउँछ।

0 comments:
Post a Comment