गजल



मोहन श्रेष्ठ स्पात का गजलहरू

!=

ढुक्क छैन शहरमा जे पनि हुन सक्छ
जवानीको रहरमा जे पनि हुन सक्छ 

पुरा इच्छा चाहानाले बाच्ने जवाना छैन 
भित्र भित्रै कहरमा जे पनि हुन सक्छ 

युगौँ युग बाँच्ने सपना नदेख तिमीले 
जल बग्ने नहरमा जे पनि हुन सक्छ । 

दिन रात पुरै सुम्पिन हुँदैन कसैलाई 
भन्नै सकिन्न बहरमा जे  पनि हुन सक्छ । 




२) 
नेताको तालले नेपाल देश हराउन सक्छ 
आँगनमा विदेशी झण्डा फहराउन सक्छ 

दलाल पुँजीपतिहरू देशमा बडिरहेछ 
चर्का चर्की भाषणमा केवल कराउन सक्छ 

दुखेको छ सुस्ता भोकले कराउँदै छ कर्णाली 
घाउमा नुन खुर्सानी झै बेथा चरार्उन सक्छ 

भनेजति डलर दिलाए राज नेतालाई 
सारा अस्तित्व हाम्रो विदेशी कै गराउन सक्छ । 

रगतले मुछेको इतिहाँस गल्ति भयो भने 
सिमानाका नेपाली जनता डराउन सक्छ 




३)

सरकार यस्तो  माल बाँडिरहेछ । 
जनताको लागि जाल बाँडिरहेछ । 

यो देशमा शान्ती ल्याउँछु भनेर 
बम, बारूध, बन्दुकका नाल बाँडिरहेछ 

भोकमरी अन्त्य गर्छु भनेर फेरी 
पानी , पानी मात्रको दाल बाँडिरहेछ

बाँडेर आश्वासन सारा जनमा 
भोजन विनाको रित्तो थाल बाँडिरहेछ



४) 
विना कामको माल बाँड्दैछ सरकार 
युवालाई ढाल बाँड्दैछ सरकार 

चेतना दिएर पश्चिमाहरूको 
जनतालाई काल बाँड्दैछ सरकार 

साधनको सदुपयोग गर्न सिकाएर 
बलात्कारका चाल बाँड्दै छ सरकार 

चोरलाइृ चाबि हातमा लगाएर 
सुरक्षालाई जाल बाँड्दैछ सरकार 

बिदेशीको सिको गरेर यो देशमा 
घर भत्काउँदैं पाल बाँड्दै छ सरकार



५) 
मुटु भित्र भित्रै देश दृुख्छ र त रून्छु 
सिमा मिच्दै विस्तारवाद लुक्छ र त रून्छु

सिक्रि तोडी छिमेकीको कुकुर छाडा भएपछि 
राजधानीमा उनकै कुकुर भुक्छ र त रून्छ । 

साम्राज्यले चपाउँदै छ यो देशको स्वधर्म 
अधर्मीको चलन चल्ती फुक्छ र त रून्छु 

मेरो भन्नु यो देश वाहेक बाँकि के नै छर 
युवा शक्ति सारा विदेश पुग्छ र त रून्छु 

सम्झौता र वार्ता सुन्छु अझै खतरा भो !
सन्धि पिच्छे नेताहरू  चुक्छ र त रून्छु



६) 
यो शहरमा बस्ने रहर होइन मेरो 
म भन्दै छु कशम शहर होइन मेरो 

ज्यूनु न मर्नु गरि बाँच्नु पर्दा 
भनिरहेछु अझै नहर होइन मेरो

अनौठो छ शक्ति जरूर म भित्र 
सूर्यकै हो लाली, प्रहर होइन मेरो 

खेत बारी गाउँमा बाँझो बनाएर 
उर्वर भूमि त्यो जहर होइन मेरो

अस्तित्वको लडाई लडिरहेछु 
उत्सव वनाउने रहर होइन मेरो







लक्षुमन पन्त


आमा रूनुभो छोराको मुहार देखेर
जनता रोएझै यो सरकार देखेर

बुवा बजार जानु हुन्न अचेल
छोरीको छाडा प्यार देखेर

बुद्ध अब जन्मिने सुरमा हुनुहुन्न
नेपालको यो मारामार देखेर

अब उ भाग्न सक्छ मैदानबाट
हुने कि वार की पार देखेर

भेट्न तल आउँदैनन पहाडहरू
नदी, खोलाको हतार देखेर

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH