Wednesday, March 16, 2016




प्राज्ञिक विद्यार्थी परिषद्,नेपालको छैठौं राष्ट्रिय अधिवेशन चैत्र ६,७ र ८ गते काठमाडांैमा हुदै छ । परिषदले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोे जानकारी गराएको छ । परिषद्ले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।  

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेलले विभिन्न कार्यक्रमहरुको माध्यमबाट समाज र राष्ट्रको हितमा वैचारिक बहस एवं आन्दोलन खडा गर्ने दिशामा विद्यार्थी परिषद् अगाडि बढेको जानकारी गराउनु भयो । साथै उहाँले परिषद् समाजमा संस्कारित, अनुसासित , देशभक्त एवं रचनात्मक कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी संगठनको रुपमा स्थापित भएको उल्लेख गर्नू भयो । साथै सम्मेलनमा परिषद्का राष्ट्रिय अध्यक्ष डां रामजी गौतमले उपस्थित पत्रकारहरुले राखेका जिज्ञासाको समाधान गर्नू भएको थियो ।   

देशको वर्तमान अवस्था र यसको निकास , शिक्षा क्षेत्रको वर्तमान अवस्था , राष्ट्रिय सुरक्षा सामाजिक समरसता , पर्यावरण , धर्मनिरपेक्षेता र धर्मान्तरण , उद्यमशीलता विकासको अवधारणा लगायतका महत्वपूर्ण विषयवस्तुहरुमा उक्त अधिवेशन केन्द्रित रहने परिषदले जनाएको छ । उक्त अधिवेशनमा उद्घाटन सत्र , शोभा यात्रा , खुला अधिवेशन , भाषण समानान्तर सत्र निर्वाचन सत्र लगायतका महत्वपूर्ण कार्यक्रम रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै सो अधिवेशनबाट राष्ट्रिय महत्वका विषयमा असल व्यक्ति निर्माणको आधारशीला बन्न सक्ने शिक्षा नीति निर्माणका लागि शैक्षिक प्रस्ताव , राष्ट्रको आर्थिक अवस्थालाई विश्लेषण गर्दै समृद्ध राष्ट्र निर्माणको लागि आर्थिक प्रस्ताव एवं नेपालको राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा प्रस्ताव लगायतका प्रस्तावहरु समेत पारित हुनेछन्  । शान्ति र समृद्धिका लागि परिषद्को छैठौं राष्ट्रिय अधिवेशन भन्ने मुल मर्मका साथ हुन लागेको यस अधिवेशनमा परिषद्का विभिन्न स्तरका कार्यकर्ता, पदाधिकारी , अतिथि एवं विदेशी अतिथि लगायत ५०० भन्दा बढि प्रतिनिधिको सहभागिता रहने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।  





0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH