Sunday, December 13, 2015

सन्तोष आचार्य
समाजशास्त्री तथा राजनीतिक विश्लेषक



भनिन्छ धरान धनकुटा रोडको फिजिबिलिटी सर्भे हुदाताका धनकुटाको एउटा डाडामा राके भुत टाईपको एउटा पहाडै झललल्ल हुने किसिमको भुत लाग्थ्यो रे १ जब उक्त सडक निर्माण भयो त्यो भुत पनि त्यो सडकको निर्माणकर्ताले साथमा नै लिएर गए रे तरपनि उक्त भुत के थियो भन्ने कुराको आज सम्म नेपाल सरकारलाई चासो छैन । उक्त भुत हुदा ताका त्यस पहाडमा धेरै मानिसहरूको ज्यान गएको थियो रे भन्ने कुराको बारेमा त्यहाको अहिले जिवित रहेका बुढापाकाले भन्ने गर्छन् । 

तर रोडको निर्माण सगसगै उक्त भुतको पनि त्यहा बाट बासस्थान लोप भयो रे १ आखिर के थियो त त्यो भुतरु किन त्यो भुत प्रति लण्डन सरकारले आफ्नो ईन्टरेस्ट देखायो त १ किन अर्को तिरको सडक निर्माणको लागि आएको बजेटलाई लण्डन जस्तो देशले धनकुटामा ल्याएर खन्यायो त यस्को बारेमा आज सम्म पनि कुनै अनुसन्धान भएको छैन १ सुर्य बहादुर थापाको धनकुटा बिकासक्रममा उल्लेख्य भुमिका रहयो । उनै हुदाताका उनले आफ्नो जन्मथलोमा उक्त सडक निर्माण गराए र आफ्नो जिवनकाल भरि नेपालको राजनीतिमा आफ्नो बर्चस्वता कायम राखिरहे १ आजसम्म कै ईतिहासमा हेर्ने होभने धरान धनकुटाको सडकलाई पहाडी राजमार्गको सबै भन्दा दरो राजमार्गको रूपमा लियिन्छ । 

जुन हालसम्म पनि भत्किएको छैन । त्यति दह्रो छ उक्त सडक । त्यहाको बुढापाकाको कुरा अनुसार उक्त भुत लाग्ने डाडो बेलुका भएपछी आफै टललल्ल टल्किन्थ्यो रे १ बिजुली पनि नपुगेको समयमा त्यसरी डाडा नै बलेको देखेपछी त्यो समयमा त्यहाको मानिसले कि त्यो भुत हो कि भगवान् हो भन्नु बाहेकको अर्को बिकल्प पनि त आउने थिएन नी १ तर बास्तबमा हेर्ने हो भने त्यहा एउटा बर्निङ्ग स्टोन अर्थात् एक प्रजातीको हिराको भण्डार थियो भन्ने सम्मको अनुमान लाउन सकिन्छ १ सडक बनाईदिने लोभ देखाएर लण्डन सरकारले बर्षौ लगाएर उक्त पहाडमा उत्खनन् प्रक्रीया पुरा गरेर हिराको भण्डार नै लुट्दा सम्म पनि यो देशको तात्कालिन सरकार तथा प्रशासन मौन रहयो ।

सरकारको अदुरदर्शिताको यहा भन्दा ठुलो प्रमाण भेटाउन हामिले अन्त खोज्न जानै पर्दैन १ त्यसै गरि अर्को एउटा प्रस्तुती पनि म यहा जोड्न चाहन्छु । नेपाल सरकारको ईतिहास हेर्ने हो भने प्रजातन्त्रको प्राप्ती पस्चात यो देशको अधिकाम्स समयमा नेपाली काङ्ग्रेसको अधिपत्य रहिरहयो त्यस्मा पनि गिरिजा प्रसाद कोईरालाको सरकारको आयु कुर्सीमा लामो रहेको देखिन्छ । भारत सगको अनेकौ सन्धी गिरिजा प्रसाद कोईराला रहदाताका नै भएको पाईन्छ जस्को कारण उनिमाथी देश बेचेको , खोलानाला बेचेको जस्ता कयौ आरोपहरू पनि रहेको देखिन्छ । तर बास्तबमा हेर्ने हो भने तात्कालिन समयमा हामि एक जिल्ला बाट अर्को जिल्ला जानको निम्ती खोलाको पार गर्नु पर्ने अवस्था थियो। 

खोला कै कारणले यो देशमा कयौ मानिस् हरू आज पनि अल्पायुमा ज्यान गुमाई रहेका छन् त्यसैले खोलामा पुल निर्माण गर्न सकेको खण्डमा दुई जिल्ला बिचमा ओहोरदोहर राम्ररी हुन सक्ने थियो त्यसैले हाम्रो पहिलो आवस्यक्ता पुलको थियो । कोईराला प्रधानमन्त्री हुदाताका उनले बिभिन्न देश बिशेष गरेर भारत सग पुल बनाईदिनको निम्ती प्रस्ताव राखे र भारत सरकारले धेरै पुलको निर्माण पनि गरेको पाईन्छ । तर नेपालको भोगोलिक बनावटको फाईदा उठाएर भारतले पुल बनाउदा केहि निस्चित टर्म्स एण्ड कन्डिसन्स् हरू राखेको थियो जस्मा गिरिजाले हस्ताक्षर गरेको पाईन्छ जस्मा हेर्ने होभने पुलको दिर्घकालिन रक्षाको निम्ती नेपालले भारत सरकारको अनुमती नलिकन पुलको दाया बायाको केहि निश्चित किलोमिटरमा आफ्ना कुनै पनि प्रकारको प्रकल्पहरू सन्चालन गर्न पाउने छैन र गर्नै परेतापनि भारत सरकारको अनुमती लिनुपर्नेछ नभएमा भोलिको दिनमा पुलमा हुने क्षतीको जवाफदेही भारत सरकार हुने छैन ।

भनेर पुरै चलाख्याईको साथम भारत सरकारले खोलानालाहरू सबैमा पुल बनाई दिएर खोलानालाको जिम्मा आफुमा हस्तान्तरण गरायो । हिजोको हाम्रो पहिलो आवस्यक्ता पुल थियो न कि उक्त खोलामा बगेको पानी तर अहिले जनसन्ख्याको आवादी सगै खोलानाला बाट निकालेको निस्चित प्रतिशत बिजुलीले हामिलाई पुग्न छाड्यो र हामिसग भएको खोलाबाट बिजुली निकालौ न त भन्दाखेरी उक्त खोलाको दायाबायाको केहि निश्चित किलोमिटरको हामिले भारत सरकार सग अनुबन्धन गरि सकेका छौ जस्को कारण उत्तर तिर बाट बिजुली निकालौ त्यहा पहाड छ दक्षिन तिर बाट बिजुली निकालौ उक्त पानी भारत नछिरुन्जेल सम्मको किलोमिटर पहिले नै भारत सग अनुबन्धित भैइसकेको छ हामि छुनै पाउदैनौ ।

 हामी सग खोला भएरपनि हामि बिजुली निकाल्न सक्ने अवस्थामा छैनौ । अब यो कुराको पर्दाफास् गर्यो भने काङ्ग्रेस सरकारमाथी चुनौती उठ्न सक्छ त्यसैले सबैजना तै चुप मै चुपको शिद्दान्त अप्नाएर भारत सग निहुरि रहेको छन् । आज त्यहा बाट बिजुली निकाल्न पनि भारत सरकार सग सोध्नुपर्ने अवस्थाको सिर्जना भएको छ जस्को कारण कि उस्ले हाईड्रोपावर शुरू गर्न राखेका हरेक प्रस्ताव स्विकारेर हामिले भारतीय कम्पनीलाई नै प्रोजेक्ट हस्तान्तरण गर्नु पर्यो कि हैन भने चुपलागेर बस्नु पर्यो हामिसग कुनैपनि बिकल्प यहा छैन । त्यसैगरि अब निकट भबिस्यमा भारत सग हुनसक्ने अर्को आत्मघाती सम्झौताको बारेमा पनि यहा उल्लेख गर्न चाहन्छु । 

भर्खरै मोदी सरकारले चाईनामा गएर २४ बुधे सन्धी सम्झौताहरू गरेको पाईन्छ । झट्ट हेर्दा यि सम्झौतामा केहि त्यस्तो खराबी छैन तर त्यहा भएको पारबहन, टुरिज्म जस्ता सन्धीलाई नियाल्ने हो भने आज चाईनाको खरबौको ब्यापार भारत सग रहेको छ । आज उक्त सामानहरू भारतको बिभिन्न चाईनासगको नाका हुदै चाईना(भारत ओहोर दोहोर हुने गरेको छ । हाल भारतको चाईना सग जोडिएको सिमावर्ती क्षेत्र हेर्ने हो भने सिक्किम ९२००किमि०, अरूनान्चल प्रदेश ९११२५किमी०, हिमान्चल प्रदेश ९२००किमी०, जम्मु कास्मिर लद्दाख ९१५७०किमी० गरेर ५ वटा क्षेत्र ब्यापारको लागि रहेको छ जस्मा सिक्किम आज आन्दोलनरत छ । उस्ले स्वायत्त प्रदेशको माग गरिरहेको छ । यदि सिक्किमलाई बिकल्प बनाएमा भोली आज भारत द्वारा नेपालमा गरिएको सिमा अवरोध सिक्किमले पनि गर्न सक्छ जस्को कारण सिक्किम झन् पावरमा हुन्छ र यस्ले भारतलाई जुन सुकै समयमा धोका दिनसक्छ । 

त्यसै गरि लद्दाख वा जम्मु कस्मिरलाई हेर्ने हिभने बरफको कारण त्यहा को धेरै समय बाटो अवरोध हुन्छ फेरि त्यहा सधै जसो भैइरहने लडाई झगडाको कारण त्यो ठाउपनि त्यति सुरक्षित छैन । अरूणान्चलको पनि अवस्था उस्तै छ फेरी यो भुमी प्रयोग गर्दा निर्यात लागतमा बृधी हुन्छ त्यति भरपर्दो छैन । उत्तर प्रदेशलाई पनि बिस्वास गर्न सक्ने अवस्था छैन फेरी त्यहा हुने साना साना खिफिया सङ्गठनको कारण आज भारत दिक्क छ । अब रहयो हिमान्चल प्रदेश तर त्यहा पनि बरफको कारण सहज रूपमा सामानको ओहोरदोहोर गर्न सक्ने अवस्था छैन त्यसैले भारतलाई आफ्नो ब्यापार बिस्तार गर्नको निम्ती एउटा भरपर्दो भुमीको आवस्यक्ता थियो । 

यदी नेपालको मधेशीको माध्ययम बाट आफ्ना केही बिशेष दुतलाई नेपाल सरकारमा सामेल गर्न सकिएको खण्दमा उनको यो समस्याको समाधान हुन सक्थ्यो तर के पी ओली प्रधानमन्त्री भएसगै उस्को यो सपना तुहयो त्यसैले उस्ले मधेशबादी दललाई सिमा अवरोधको आड लिएर सम्विधान सम्शोधन गरेर अङ्गिकृतलेपनि प्रधानमन्त्री बन्न पाउनु पर्ने लगायतको माग राखि नेपाल सरकारलाई निहुराउने खेलको शुरूवात गर्यो र जस्मा मधेशको साथको कारण लगभग सफलपनि भयो । अब आएर सरकार र मधेशवादी दलको वार्ता प्रकृयाको शुरूवात भएको छ । 

रोटी र बेटीको सम्बन्ध देखाएर, ज्वाई शसुरालीको साईनो लगाएर, हिन्दु भुमीको सम्बन्ध लगाएर भारतवर्षको नारा लगाएर भारतले नेपालको सेन्टीमेन्टलाई पकडेर अब आफ्नो ब्यापार चाईनासग बिस्तार गर्नको निम्ती एउटा ठुलो खेल रचेको छ । हाम्रो देशको नेतृत्व वर्ग जहिलेपनि बर्तमान समस्या सग जुध्दा भबिष्यमा आउने खतरा प्रति जानकार नरहेको तितो यथार्थको प्रमाण हामिलाई पटक पटक समयले गराई सकेको छ । अबको निकट भबिस्यमा भारतसग हुनसक्ने ब्यापार सम्झौतामा भारतले स्वतन्त्रता पुर्वक आफ्नो ब्यापारको लागि नेपाल को भुमी प्रयोग गर्न पाउने र नेपाललेपनि निर्वाध रूपमा सामान ल्याउनको निम्ती भारतको भुमी प्रयोग गर्न पाउने भनेर सम्झौता हुनसक्ने सम्भावना बढेको छ । आखिर के हुन्छ त यसो भयो भने १ नेपालमा बैदेशिक शक्तीको चलखेल बढ्ने छ ।

 नेपाल बिदेशीको खेल खेल्ने भुमीको रूपमा परिणत हुने छ । नेपाल अहिलेको भन्दा समृद्द त हुनेछ तर नेपालमा रहेका खनिज पदार्थ हरूको शोषण हुनेछ र फेरी लण्डनले बर्निङ्ग स्टोनलाई कब्जा गरे जसरी यहाको जिब जनावर, जडीबुटी, शिशा, सुन, अभ्रख, जस्ता कयौ यस्ता बहुमुल्य सम्पतीहरू हाम्रो देशको सरकारले थाहै नपाई जमिन मुनी बाटै हराउने छन् । हाम्रो देश खोक्रो हुने छ अनि पछी गएर नेपालमा पनी ईराकीकरण को खतरा बढेर जानेछ ।

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH