Saturday, December 12, 2015

मंसीर २६
काठमाडौं


नेपालमा सीमा अवरोध कायमै रहे आधारभुत खाद्यपदार्थको मूल्यवृद्धि नरोकिएमा गम्भीर संकट आउने चेतावनी संयुत्त राष्ट्रसंघले दिएको छ ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले एक विज्ञप्ती जारी गर्दै व्यापारमा अवरोध कायमै रहे र खाद्यान्नको मूल्य वृद्धि भइरहे नेपालमा गम्भीर मानवीय संकट रोक्न गाह्रो पर्ने बताएको हो ।

डब्लुएफपीका एसिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रिय निर्देशक डेभिड काट्रुडले भनेका छन्ः खाद्यान्नको भाउ आफ्नो काबुभन्दा बाहिर आकासिएसँगै मानिसहरुले आफ्ना परिवार पाल्नका लागि पनि संघर्ष गर्नुपरेको छ । भूकम्पको लगत्तै आएको यो संकटले नेपालमा कुपोषण बढाउन सक्छ ।’

भारतबाट हुने आयातमा अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएको अवरोधले चामल, तेल, दाल, चिनी तथा नुन जस्ता अत्यावश्यक सामानको भाउ ३० प्रतिशत भन्दा बढिले आकासिएको र भाउ अझै बढ्नसक्ने विश्व खाद्य कार्यक्रमले बताएको छ ।

डब्लुएफपीले दैनिक गुजारा गर्नका लागि समेत संघर्ष गर्नुपर्ने नेपालीलाई राजनीतिक संकटको भारी नबोकाउन र सिमानाबाट खाद्यान्नको स्वतन्त्र प्रवाहलाई नरोक्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।


0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH