Friday, December 11, 2015

डा . निर्मलमणि अधिकारी
डा . निर्मलमणि अधिकारी  

परिचर्चा सुरु गरौँ नृसिंह अवतारबारेको प्रसङ्गबाट । नृसिंह अवतारलाई भगवान् विष्णुका मुख्य दशावतारमध्येका एक अवतारका रुपमा पुराणहरुले वर्णन गरेका छन् । पौराणिक वाङमयको अध्ययनगर्दा ईश्वरीय अवतारका विभिन्न स्वरुप मानिएको पाइन्छ । ती स्वरुपहरुमध्ये भगवान्को नृसिंह स्वरुप पनि सुविख्यात नै छ । एक अवधारणा यो छकि सम्पूर्ण प्राणी, पदार्थ, तत्व सबैनै ईश्वरका अंश हुन् । 

यस अवधारणा अनुसार जसरी सलाईको काँटीमा ‘अग्नि’को सत्ता सधैंनै हुन्छतापनि उसको प्रकाशशक्ति र तापशक्ति अप्रकट रहेसम्म सलाईको काँटीमा विद्यमान् आगोलाई हामी देख्दैनौं, त्यसरीनै परब्रह्म परमात्मा परमेश्वर सम्पूर्ण देश, काल, वस्तु, जीव आदिमा सधैं विद्यमान् हुनुहुन्छ तथापि जबसम्म उहाँ आफ्ना विशेष शक्तिकासाथ प्रकट हुनुहुन्न तबसम्म हामी उहाँसँग साक्षात्कार गर्न सक्दैनौं ।

 उहाँ प्रत्येक मनुष्यको हृदयमा हुनुहुन्छ र बाहिरपनि हुनुहुन्छ । अर्थात्, हामीले साक्षात्कार गर्न नसकेकोमात्र हो; हुनचाहिँ परब्रह्म परमात्मा परमेश्वर सर्वव्यापी एवं सदा–विद्यमान् हुनुहुन्छ र यो सारा सृष्टि उहाँकै विभूति हो । ‘परित्राणाय साधुनाम् विनाशाय च दुस्कृताम्’ हेतु कहिले, कहाँ र कसरी अवतरित हुनुपर्ने हो; सोही अनुसार उहाँ अवतरित हुनुहुन्छ भन्ने विश्वास हामीमा रहिआएको छ ।

भागवत तथा अन्य पुराणहरुमा वर्णित भगवान् विष्णुका प्रमुख चौविस अवतार वा प्रमुख दशावतारहरुमध्येमा नृसिंहावतारको आफ्नो पृथक् विशेषता रहेको छ । अन्य अवतारहरु या त पूर्णतया मानवेतर–स्वरुपमा छन् (जस्तै ः मत्स्य, कूर्म, वराह, हैहय आदि) अथवा पूर्ण मानव–स्वरुपमा छन् (जस्तै ः परशुराम, श्रीराम, बुद्ध आदि) तर नृसिंह अवतार यी दुइटाको संमिश्रणको रुपमा देखिन्छ । नृसिंहावतारको स्वरुप न मानवको छ; न त मानवेतर नै । यदि यसलाई विकासवादी अवधारणा अनुसार हेर्ने होभने मानवको विकासको इतिहासमा एउटा सुस्पष्ट आदिम चरण यहाँ देखिएको छ । यसबारेमा अध्ययन, अनुसन्धान, अन्वेषण हुनसक्ने होभने मानव इतिहासको कुनै कुनामा छोपिएर रहेको यथार्थता छर्लङ्गिने सम्भावना छ । थप अध्ययन, अनुसन्धान, अन्वेषण हुन नसक्दाको अवस्थामा; पुराणहरुमा वर्णित अहिलेकै मिथकीय अतिरञ्जनाको अवस्थामा पनि नृसिंहावतारको प्रसंग कम महत्वपूर्ण छैन । 

नृसिंहको सन्दर्भमा चर्चा गर्दा हिरण्यकसिपु र प्रह्लादको चर्चा अनिवार्य जस्तै हुनआउँछ । यसमा सापेक्षतावादको मर्म छ नि त ! कतिपय व्यक्तिहरु अँध्यारोबाट पीडित नभई उज्यालोको महत्ता बुझ्न सक्दैनन्; विषसँग तुलना गरेपछिमात्र बुझ्दछन् अमृतको महत्व उनीहरु । प्रह्लाद र हिरण्यकसिपुको द्वन्द्व उज्यालो र अँध्यारोको द्वन्द्व, अमृत र विषको द्वन्द्व; एउटा भौतिक महाशक्ति र निर्मल शिशु स्वरुपमा रहेको आध्यात्मिक महाशक्तिको द्वन्द्व । 

हिरण्यकसिपु– जसले आफूलाई ‘भगवान्’ घोषणा गरेको थियो; विश्वमा लाखौं शालिकहरु ठडिएका थिए जसका; संसारका सारा भौतिक साधन, श्रोत र शक्ति जसमा केन्द्रित भएका थिए; अनि जो मृत्युमाथि समेत आफ्नो अधिनता भएको हुंकार गथ्र्यो । भनिएको छकि उसले सूर्य, चन्द्र, वायु आदिमाथि समेत विजय प्राप्त गरेको थियो । यसलाई सही अर्थमा बुझौं । सूर्य, चन्द्र, वायु वा अरु कसैलाई जितेको अर्थ अन्तरिक्षमा गएर सूर्यलोकबाट कसैलाई पाता कसेर ल्याई बन्दी बनाएको वा चन्द्रलोकको अधिपतिलाई जितेको भन्ने अर्थ गर्न थाल्यौं भने अर्थको अनर्थ हुन्छ । यसलाई वैज्ञानिकतायुक्त दृष्टिकोणले पर्गेल्नु पर्दछ ।

 विज्ञानले प्रमाणित गरिसकेको छकि सूर्यलोकमा कोही व्यक्ति छँदैछैन र हुन सम्भव पनि छैन; तब कसलाई पाता कसेर ल्याई बन्दी बनाउने ? यस्तो विज्ञान–असम्मत कुरा मान्न सकिँदैन । हिरण्यकसिपुले सूर्य, चन्द्र, वायु आदिमाथि समेत विजय प्राप्त गरेको थियो भनिनुको तात्पर्य के हुनसक्छ भने शक्तिको मदमा ऊ यति अन्ध भएको थियोकि अहिलेका हिन्दी फिल्ममा देखाइने खलपात्र (भिलेन) ले “मेरे आदेशके बिना यहाँ एक पत्ता भी हिल नहीं सकता” भनेर दम्भ गरेझैं हिरण्यकसिपु पनि दम्भ गर्दो होकि सूर्य, चन्द्र, वायु आदि समेत उसको आदेश मान्दछन् । सत्ता र शक्तिको मातले एउटा मान्छे यति हदसम्म पागल हुनसक्ने सम्भावना स्पष्टै देखिन्छ । “म नै राज्य हूँ” भन्न सक्ने लुई चौधौं र मान्छेको मुटु–कलेजो स्वाद मानी मानी खान सक्ने इदि अमिन जस्ता शासक मानव समाजले देखेकै हो । जे होस्, हिरण्यकसिपुको रुपमा एउटा यस्तो पात्र हामी पाउँछौं जो सारा संसारको साधन, श्रोत, सत्ता, शक्ति आफूमा केन्द्रित हुँदाहुँदैपनि एउटा निर्मल शिशुबाट आतङ्कित हुन्थ्यो । ऊ मृत्युमाथि समेत आफ्नो अधिनता भएको हुंकार पनि गरिरहन्थ्यो; तर एउटा शिशुको चुनौतीले उसको सत्ता गल्र्याम गुर्लुम ढलेको थियो ।

हो, भौतिक कायाको हिसाबले प्रह्लादको अस्तित्व मापन गर्ने होभने; अनि भौतिक सत्ता र शक्तिका हिसाबले उनलाई तौलने होभने आश्चर्य–चकित भइन्छकि कसरी हिरण्यकसिपुसँगको द्वन्द्वमा उनको विजय भयो । तर यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण किन छैन भने अँध्यारो जतिसुकै गाढा किन नहोस् आगोको एक फिलिंगो नै त्यसलाई परास्त गर्न सक्षम छ । रातको साम्राज्य पूर्वमा सूर्य नउदाइन्जेलमात्रै हो; सूर्यको पहिलो किरणले त्यसको साम्राज्यलाई ध्वंश गर्दिइहाल्छ । यस अर्थमा हिरण्यकसिपुको हार र प्रह्लादको जीत प्रत्येक युगमा अवश्यम्भावी छ । पुराणमा वर्णित हिरण्यकसिपु र प्रह्लाद बाबु–छोरा भनिएको छतापनि ती दुई पृथक् प्रवृत्तिका प्रतिनिधि पात्र हुन् । हिरण्यकसिपुको हार— हिंस्रक मनोवृत्ति, युद्धोन्माद, सर्वसत्तावादी चरित्र, अन्याय, असत्य, घुणा आदिको हार हो र प्रह्लादको जीत— अहिंसा, शान्ति, सत्याग्रह, प्रेम आदिको जीत हो । नृसिंहावतार, जतिसुकै रात आएतापनि अँध्यारोको साम्राज्यलाई ध्वंश गर्न पूर्वमा सूर्य अवश्यमेव उदाउँछ भन्ने तथ्यको अर्को एउटा प्रमाण हो; पुष्टिकरण हो ।  

वेद, उपनिषद्, गीता आदि सनातन हिन्दू धर्मशास्त्रहरुमा परमात्मा परमेश्वरलाई कहिू निराकार भनिएको छ त कहिू साकार भनिएको पाइन्छ । एउटै ग्रन्थमा उनै परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइएको पनि देखिन्छ । सांस्कृतिक जीवनमा पनि दुबैखाले मान्यता प्रचलित भइरहेको देखिन्छ । 

एकातिर ईश्वरको साकार स्वरुप मानेर मूर्ति पूजा गर्ने हिन्दूपनि छन्भने अर्कातिर निराकार स्वरुप मानेर मूर्ति–पूजालाई नमान्ने हिन्दूपनि नभएका होइनन् । एउटै तत्व अर्थात् परमात्मा परमेश्वर निराकार÷साकार तथा निर्गुण÷सगुण एक्कैचोटिमा कसरी हुन सक्यो भन्ने सवाल धेरै हिन्दूधर्मानुयायीको मनमा उठिरहेको छ । यस बारेमा निक्र्यौलमा पुग्न उदाहरण लिई चर्चा गरौं । उदाहरणका रुपमा सर्वप्रथम ‘अग्नि’लाई लिऊू । एउटा सलाईको काूटीमा अग्नि हुन्छ, तर त्यो अग्नि जतिखेरपनि देखिने वा अनुभूत हुने त हुूदैन । अप्रज्वलित अवस्थामा अग्नि नभएको होइनकि त्यो निराकार रुपमा थियो, —अनि प्रज्वलित अवस्थामाचाहिू साकार रुपमा हुन्छ र देखिन्छ । यसरीनै, पानीको एउटा अणु पानीको निराकार स्वरुप होभने बरफ, जल आदिचाहिू त्यसका साकार स्वरुप हुन् । स्वयम् पृथ्वीको कुरा गर्ने होभने स्थूल रुपमा यो साकार हो, तर परमाणु–परमाणुमा विभक्त स्थितिमा विचार गर्दा यो निराकार नै हुन्छ । 

यसबाट स्पष्ट हुन्छकि प्रत्येक तत्वका दुई पृथक् पृथक् स्वरुप हुूदारहेछन् —एउटा निराकार र अर्कोचाहिू साकार, यद्यपि ती दुई पृथक् हुूदाहुूदैपनि कुनै विरोधाभाष छैन । अग्निको निराकार स्वरुपले साकार स्वरुपलाई कुनै बाधा पु¥याएको छैन र साकार स्वरुपले निराकार स्वरुपमाथि कुनै बाधा पु¥याएको छैन । ती दुबै सह–अस्तित्वमान छन् । तसर्थ परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइनु विज्ञान–सम्मत तथ्य हो । यदि परमात्मा परमेश्वरलाई साकार वा निराकार मध्येमा कुनै एउटामात्र भनेर ठोकुवा गरेको भए विज्ञान–असम्मत हुनपुग्थ्यो । उनलाई साकार–निराकार एवम् सगुण–निर्गुण दुबै भनिूदा विज्ञानको नियमको पालना भएको देखिन्छ ।

निश्चयनै वेद, उपनिषद्, गीता आदि धर्मग्रन्थहरु विज्ञानसम्मत छन्, वैज्ञानिकताले परिपूर्ण छन् । तर अर्को तथ्य पनि ध्यान दिनुपर्ने छकि विभिन्न कारणहरुले गर्दा यिनका विज्ञानसम्मत अर्थ ओझेलमा परेका छन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिू छैन । शास्त्रको अपव्याख्या गर्दिनेहरुका कारण आइलागेको समस्या आफ्नो ठाउूमा छूदैछ । त्यसको दुस्प्रभावका कारण कतिपय शास्त्रीय पक्षहरु अझैसम्मपनि हाम्रालागि क्लिस्ट वा अस्पष्ट भएका छन् । अब ती अपव्याख्या तथा अस्पष्टतालाई हटाएर सही व्याख्या तथा स्पष्टता ल्याउनु कम गाह्रो कार्य होइन । संस्कार र ईश्वर–प्रदत्त प्रज्ञा दुबै भएकालेमात्र त्यस्तो कार्य गर्न सक्दछन् । 

संक्षेपमा भन्नुपर्दाखेरीमा, शास्त्रीय दर्शनलाई वैज्ञानिक चेतयुक्त आध्यात्मिक दृष्टिले परख गर्ने होभनेमात्र धर्मग्रन्थका सही कुरा मथेर निकाल्न सकिन्छ र त्यस्तो चीज निश्चितरुपेण विज्ञानसम्मत नै हुन्छ । आधुनिक विज्ञानसँग तुलना गर्ने होभने वेद, उपनिषद् आदि हाम्रा धर्मशास्त्रहरु झन् सुदृढ बन्ने निश्चित छ किनकि यिनीहरु पूर्णतया वैज्ञानिकतायुक्त छन् । जस्तोकि, परमात्मालाई साकार–निराकार दुबै मान्ने कुरा साधारण दृष्टिमा विरोधाभाषयुक्त होकिझैं लागेतापनि विज्ञानका कसीमा सही कुरा हो रहेछ भन्ने तथ्य माथि हामीले चर्चा गरिसकेका छौं । वास्तवमा सगुण–निर्गुण÷साकार–निराकारको भेद त उपासनाको दृष्टिलेमात्रै हो ।

 खासमा यी दुबै किसिमका उपासनामा उपास्यतत्व उही हो । उपासना साधकको रुची, विश्वास र योग्यता अनुसार हुने कुरा हो । अतः साधकहरुमा भिन्न–भिन्न किसिमका रुची, विश्वास र योग्यता हुनेहुँदा उपासना पद्धति पनि पृथक् पृथक् हुनु स्वाभाविकै हो । परन्तु सम्पूर्ण ‘साधन’हरुबाट अन्तमा एकै ‘साध्य’ अर्थात् परब्रह्म–तत्व प्राप्त हुने हो । समष्टिमा परमात्मा साकार–निराकार, सगुण–निर्गुण सबैथोक हुनुहुन्छ ।

विज्ञानको विकासले धर्मको अस्तित्वमा अझ सकारात्मक योगदान पु¥याएको छ भन्ने हाम्रो मान्यता छ । हाम्रो धर्म वैज्ञानिकताको कसीमा खरो उत्रिन सक्षम भएको हुनाले विज्ञानको विकाससँग हामी खुशी हुनुपर्दछ । जति विज्ञानले उन्नति गर्नेछ उत्तिनै हाम्रो धर्मको औचित्य झन् झन् प्रष्टिँदै जानेछ । यदि कसैले धर्मको आड लिएर विज्ञानको बद्ख्वाइँ गर्दछभने वा विज्ञानको आडमा धर्मको खिस्सी उडाउँछभने त्यो मूर्खतापूर्ण कार्य हुनेछ । हामीलाई त जरुरत छ वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञान, अर्थात् विज्ञान र धर्मको समन्वय । वैज्ञानिक सत्ययुग मानव समाजका निमित्त सर्वोत्कृष्ट प्रणाली हो भन्ने तथ्य स्वतःसिद्ध छ ।

‘धर्म’ मानव समाजकालागि हो वा धर्मकालागि मानव समाज हो ? धर्मलाई समाज भन्दा परको अद्भूत, अनौठो, रहस्यमय तत्वका रुपमा हेर्नेहरुको संख्या कम छैन । धर्म भनेको उमेर घर्किसकेपछि ‘परलोक’ सुधार्न गरिने चीज हो भन्ठान्नेहरु यत्रतत्र देखिइन्छन् । गर्नु पाप ग¥यो; अनि अन्तिममा परमेश्वर पुका¥यो; बस् । निश्चयनै धर्मले परलोक सुधार्छ; तर धर्मको ध्येय त्यतिमात्रैचाहिँ हुँदैहोइन । ‘इहलोक’ पनि यसले सुधार्नु पर्दछ र सुधार्दछ पनि । यदि यसले ‘इहलोक’ सुधार्न नसक्ने होभने यसको उपादेयता निश्चयनै प्रश्नको घेरामा पर्दछ । 

धर्मको स्वरुप यस्तो हुनु पर्दछकि यो हाम्रो आजको जीवनसँग सम्बन्धित होस् । आजका मान्छे यो कुरा मान्न तयार छैनन्कि अहिले धार्मिक जीवन व्यतीत गर्नाले मरेपछि स्वर्ग गइएला । उनीहरुलाई त प्रत्यक्ष प्रमाण चाहिन्छ । आजको युग विज्ञानको युग हो र विज्ञानमा प्रत्यक्ष प्रमाणबिना काम चल्दैन । कसैले धर्मको प्रत्यक्ष फल देख्न चाहन्छभने त्यो अर्घेल्याइँ होइन, अधिकार हो । धर्म अवलम्बन गर्दा राम्रो हुन्छ भनी यसलाई समाज भन्दा परको अद्भूत, अनौठो, रहस्यमय तत्वका रुपमा मात्र राखिरहनु गल्ती हुनेछ । धर्मलाई मानव जीवनसँग अझ नजिक्याउनु जरुरी छ ।

धर्म र विज्ञानलाई एक–अर्काका परिपूरकका रुपमा बुझ्ने र अवलम्बन गर्ने प्रवृत्ति नै सही प्रवृत्ति हो ।  एक्लो धर्मको अनुशरण गर्छु भन्दाखेरी मान्छे अन्ध–संकीर्णतावादमा जकडियो, अनि एक्लो विज्ञानको अनुशरणले चाहिँ मान्छेलाई उग्र–भौतिकतावादको भासमा पतन गराउने स्पष्टै छ । धर्म र विज्ञानको एकत्वमा मानव समाजको हित निहित छ । अबका दिनमा धर्मको पक्ष वजनदार हुनुको कारणके पनि हो भने मानव समुदायलाई उसको उज्जवल भविष्यका निमित्त धर्म–तत्वको आवश्यकता झन् बढेको छ । मानव जति बढी मात्रामा शक्तिसम्पन्न हुन्छ उति नै बढी मात्रामा उसलाई धर्म–तत्व आवश्यक हुन्छ । धर्म र विज्ञानको समन्वय पछिल्ला दिनहरुमा झन् झन् अत्यावश्यक देखिएको छ । 

सबभन्दा महत्वपूर्ण सवाल के हुनसक्छ भने धर्मले मानव समुदायलाई भविष्यमा कस्तो योगदान पु¥याउला ? त्यही योगदानमा नै यसको महत्व पनि प्रष्टिन्छ । धर्म भन्दाखेरीमा धर्मको नाममा पलाप्पिएका आडम्बर, ढोँग, पाखण्ड, रुढीवादिता तथा लौकिक व्यवहार आदिलाईमात्रै ठान्नु हुँदैन र असली धर्म–तत्व बुझ्नु पर्दछ । त्यस्तो असली धर्म–तत्वसँग विज्ञानको कुनै वैरभाव हुँदैन । अनि त धर्म र विज्ञानकाबीचमा सामञ्जस्यताले मानव जातिमा प्रकाशमय प्रभाव पार्नेछ ।

धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरु प्रदान गर्दछ । ती धारणाहरुको फलस्वरुप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम–कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम, राम्रा गुण, असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक–चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन्, तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो ।

मानिसको शक्ति जति ठूलो हुन्छ त्यति नै ठूलो मात्रामा उसलाई धर्म आवश्यक हुन्छ । यदि विज्ञानको प्रयोग धर्मद्वारा प्रेरित र निर्देशित भएन भने विज्ञान लोभ लालचाका लग्गूपनका  निमित्त प्रयोग हुनेछ र विज्ञानले लोभलालचालाई प्रभावकारी रुपमा त्यति सेवा पु¥याउनेछ जसको फलस्वरुप विज्ञान विनाशकारी हुन पुग्नेछ । विज्ञानलाई लोककल्याणकारी बनाउनेछ धार्मिकतालेनै ।

आध्यात्मिकता र भौतिकताका सम्बन्ध बारेमा जुन धारणा लोकप्रचलित भइरहेको पाइन्छ त्यसमा अब मौलिक परिवर्तन ल्याउनु आवश्यक छ । आध्यात्मिक कल्याणको स्तरलाई उचाल्नु नै हाम्रो पहिलो चासो हनुपर्छ र भौतिक कल्याणका स्तरको उन्नयनलाई दोस्रो प्राथमिकता दिइनुपर्छ । अर्कोशब्दमा भन्नुपर्दा समाजको सांस्कृतिक, धार्मिक, शैक्षिक विद्वत्तात्मक तथा कला कार्यक्रम, पूर्ण रोजगारी तथा लोक–कल्याणका अन्य भौतिक पक्षलाई अवश्यै उच्चस्तरको आध्यात्मिक समाजको निर्माणका प्रयोजनका निमित्त विकसित गरिनुपर्दछ ।

धर्म र विज्ञानको सहकार्य, सह–अस्तित्व एवं सामञ्जस्यताको कुरा गर्दा हामी कुनै नयाँ र असम्भव कुरा गरिरहेको छैनौं । सम्प्रदायगत टे«डमार्क बाट माथि उठेर असली धर्म–तत्व आत्मसात् गर्नासाथ धर्म र विज्ञानबीचको भेद मेटिनेछ । धर्म र विज्ञानको ऐक्यता, सहकार्य, सह–अस्तित्व, सामञ्जस्यताले मानव समुदायको हित हुने कुरामा विश्वस्त हुन सकिन्छ । धर्म परलोकको स्वप्नील संसारको ऐनामात्र होइन, बरु यो त ‘इहलोक’ नै सपार्ने पद्धति हो ।

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH