काठमान्डौं , २१ मंसिर
प्राज्ञिक विद्यार्थी परिषद्,नेपालले शैक्षिक प्रस्ताव, सोमवार शिक्षा मन्त्रालयमा पेश गरेको छ । मंसिर ४ र ५ गते भैरहवामा सम्पन्न परिषद्को केन्द्रिय कार्यकारिणी समिति बैठककोले उक्त शैक्षिक प्रस्ताव पारित गरेको हो ।
शिक्षा सचिव विश्व प्रसाद पण्डित लाई सो प्रस्ताव बुझाउदै विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा.रामजी गौतमले शिक्षा क्षेत्रमा बड्दो दलिय राजनीति, भागबन्डाले गर्दा बेथिति र विकृति मौलाउदै गइरहेको बताउनु भयो ।
डा.गौतमले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त नगरे सम्म शिक्षामा खासै सुधार हुन नसक्ने बताउदै चिन्ता र चासो ब्यक्त गर्नु भयो । शिक्षा क्षेत्रमा कार्यरत सम्पुर्ण तह तप्काबाट सुधार गरे यो सम्भव रहेको भन्दै विद्यार्थी परिषद्को कार्यलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
दलगत राजनिति भन्दा माथि रहेर समग्र शिक्षा क्षेत्रको विकासमा टेवा पु¥याएकोमा खुसी ब्यक्त गदै शिक्षा सचिव पण्डितले विद्यार्थी परिषद्ले गरेको राष्ट्रिय कार्यको प्रशंसा गदै शुभ कामना प्रदान गर्नु भयो ।
शैक्षिक प्रस्ताव बुझ्दै शिक्षा सचिव पण्डितले आफुले शिक्षा क्षेत्र सुधारको सक्दो प्रयासहरु गरे पनि ब्याप्त दलिय राजनीतिकै कारण सुधार गर्न नसकेको स्वीकार गर्नु भयो । सत्ता र सरकारबाट परिवर्तन सम्भव हुने भए पनि राजनीति दललाई नै ठोस कदम चाल्न अनुरोध गर्नु पर्ने पण्डितले बताउनु भयो ।
शैक्षिक प्रस्ताव बुझाउन विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा.रामजी गौतम, राष्ट्रिय महासचिब रमेश कंडेल, राष्ट्रिय सचिब मोहन श्रेष्ठ र काठमाडौं महानगर नगर समितिका नगर सह–सचिव कृष्ण प्रसाद हुमागाईको उपस्थिति रहेको राष्ट्रिय सचिब मोहन श्रेष्ठले इन्फरमेशन नेपाललाई जानकारी गराउनु भएको छ ।
0 comments:
Post a Comment