Friday, December 4, 2015









काठमाण्डौं
भारततिय टिभि च्यानलबाट सोमबारदेखि शुक्रबारसम्म राति ९ बजे बाट प्रशारण हुदै आएको कुमकुम भाग्य मा धैरैले मन पराएका पात्र हुन प्रज्ञा हुन । कुमकुम भाग्यकी मुख्य पात्र प्रज्ञाको वास्तविक नाम श्रीती झा हुन ।

भारतमा मात्र नभई नेपालमा पनि दर्शहरुको धडक्न बन्न सफल भएकी प्रज्ञाको घर नेपालको सप्तरी जिल्ला पर्छ । धेरैलाई पत्यार नलाग्न सक्छ् । प्रज्ञाको घर सप्तरी जिल्लाको राजविराज नगरपालिका बडा नम्बर ०१ निवासी हाल काठमाण्डौं मित्रपार्क निवासी मिथिलेश कुमार झा एवं रीता झाकी सुपुत्री हुन ।

भारतमा अध्ययनकै क्रममा अवसर पाउँदै टेलिसिरियलहरुमा चम्किएकी श्रीती ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’बाट सम्मानित भएकी छिन् ।
बुवाको कार्यक्षेत्र काठमाण्डौ रहेका कारण श्रीती काठमाण्डौ स्थित मोडर्न इण्डियन स्कूल चौभारबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् । सानैदेखि नाचगान र अभिनयमा विशेष रुची राख्दैआएकी उनले दिल्ली युनिभर्सिटीबाट ग्रेजुएसन गरेकी छिन् ।

२८ वर्षिया श्रीतीले ‘धुम मचालो धुम’मा मालिनी शर्मा, ‘जिया जले’मा सुनैना, ‘ज्योती’मा सुधा÷देवीका, ‘सौर्या और सुहानी’, मीठी छुरी नम्वर–१, ‘रक्तसम्बन्ध’मा सन्ध्या÷बृन्दा, सौभाग्यवती भवः, ‘बालिका बधु’मा गङ्गा र हाल ‘कुमकुम भाग्य’मा प्रज्ञाको भूमिका निभाउँदै आएकी छिन् । मिथिला संस्कारमा हुर्किएकी उनी बङ्गाली भाषीसँग विवाह गरेकी छिन् ।

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH