प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल ले आयोजना गरेको २ दिने केन्द्रीय कार्यकारिणी समितिको बैठक सिद्धार्थनगर भैरहवा मा सम्पन्न भएको छ् । रुपन्देहि जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्,नेपालका राष्ट्रिय अध्यक्ष डा.रामजी गौतम, राष्ट्रिय महासचिव रमेश कण्डेल अतिथि रहनुभएको थियो ।
उक्त बैठक मा २ वटा प्रस्ताव ( देशको वर्तमान अवस्था र उच्च शिक्षाको वर्तमान अवस्थाको बारेमा महत्वपुर्ण प्रस्ताव र समसामयिक प्रस्ताव ) पारित भएको छ् । परिषद्ले सांगठनिक एवं कार्यक्रमात्मक समिक्षा, कार्यविस्तार एवं सुदढीकरणका लागि विभिन्न रणनिति आदि विभिन्न विषयवस्तु माथि छलफल गरिएको छ् । पुर्व मेचि देखि महाकालि सम्मका कार्यकर्ताहरूको सहभागिता भएको थियो ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्,नेपालका राष्ट्रिय संगठन सचिव डा. दीपक कुमार अधिकारी, राष्ट्रिय सह–संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय उपाध्यक्ष डा. गोपीनाथ कण्डेल र विनय पाण्डे, हिन्दु स्यंवसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, अखिल भारतीय विद्यार्थी परिषद्का क्षेत्रीय संगठन मन्त्री गोपाल शर्मा जी र विभिन्न्न कलेजका प्रमुखहरूको विषेश सहभागिता रहेको थियो ।
 |
प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल का राष्ट्रिय अध्यक्ष डा.रामजी गौतम, राष्ट्रिय महासचिव रमेश कण्डेल र अतिथि... |
 |
प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल का राष्ट्रिय अध्यक्ष डा.रामजी गौतम, राष्ट्रिय महासचिव रमेश कण्डेल, राष्ट्रिय संगठन सचिव डा. दीपक कुमार अधिकारी र अतिथि... |
 |
परिषद्का कार्यकर्ताहरू.... |
 |
PVP NEPAL |
 |
कार्यक्रम उद्घाटन गर्दै अतिथिहरू... |
0 comments:
Post a Comment