Monday, October 26, 2015

                                                                                                                                          
रमेश कण्डेल
                                                                                                                                       रमेश कण्डेल
आज भोली प्राय ः व्यक्तिहरूका बीचमा सुनिने संवादहरूमा नैराश्ता र आत्मग्लानीको भाव झल्किरहेको हुन्छ । मेरो योजना यस्तो थियो भएन, जीवनमा केही गर्न पनि सकिएन, समाज र देश बिग्रियो आदि । यस्तै संवादहरू आजभोली हामी हरेक मानिसबाट सुनिरहेका हुन्छौँ । मानिसको पहिलो संवादबाट नै हामी त्यो व्यक्तिको स्वयम् र जीवनप्रतिको दृष्टिकोणको बारेमा अन्दाज लगाउन सक्छौँ, आज समाजमा कोही पनि मानिस सुखी र खुसी देखिँदैन । कसैले पनि आफूलाई शान्त र सुखी बनाउन सकिहरेको छैन । हामी आ आफ्ना उद्देश्य र लक्ष्य बोकेर यता र उता भौँतारिएरहेका छौँ र आत्तिइरहेका पनि छौँ । आफूले सोचे जस्तो जीवन र आफूले बनाएको योजना अनुसार अगाडि बढ्न नसक्दा हामी आत्तिएका छौँ, मात्तिएका छौँ अनि तनाव, निराशा, ग्लानी र संवेगको साथमा बाध्यतावश जीवन अगाडि बढाइरहेका छौँ । कतिपय अवस्थामा समाजमा त्यसैको परिणाम स्वरूप ठूला ठूला आपराधिक घटनाहरू (हत्या, हिंसा, बलात्कार, अपहरण, चोरी डकैती, आत्महत्या आदि) घटिरहेको पनि हामी सुनिरहेका र देखिरहेका छौँ ।

यतिखेर विश्वमा जति भौतिकताको विकास भइरहेको छ, जति शिक्षित र साक्षर बन्दैछ, जति– जति नयाँ– नयाँ उपकरणहरूको विकास भइरहेको छ त्यति नै मानवीय समस्या र चुनौतीहरू हाम्रा सामु खडा भइरहेका छन् । आज विश्वमा आतङ्कवाद, जलवायु परि–वर्तन, आर्थिक अस्थिरता, आणविक हतियारहरूको प्रतिस्पर्धा जस्ता विषयहरू जटिल समस्या बनेर विश्वसामु खडा भएका छन् र समग्र विश्वजगत् त्यसको निराकरणका लागि चिन्तित र सोचनीय बनेको छ । विश्वव्यापीकरणले गर्दा एक देशको प्रगति, विकास, संस्कृति, उत्पादन जस्ता कुराहरू सजिलै आयात एवं निर्यात भइरहेका छन् जसले गर्दा कतिपय देशहरूलाई फाइदा त कतिपय देशहरूलाई हानी गरिहेका कैँयौ उदाहरणहरू हाम्रा सामु छन् । त्यसै गरी आज विश्वमा नै मानिस भित्रको मानवीय प्रवृत्ति हराउँदै गइरहेको छ । मानवीय संवेदना, मानवीय मूल्य मान्यता, दया माया, सहयोग सद्भाव र आदर जस्ता कुराहरू साहित्यमा मात्र सिमित भइरहेका छन् । मानिस– मानिस बीचको प्रतिस्पर्धामा अनेकौँ प्राणीहरू लोप हुने अवस्थामा पुगेका छन् । मानिस जति नै धनी र शिक्षित भएता पनि शान्तिको खोजमा एताउता भौतारिइरहेको छ तर वास्तविक सुख प्राप्त गर्न सकिरहेको छैन ।

आज नेपालको सन्दर्भमा कुराकानी गर्ने हो भने  ठूला –ठूला दुई विकसित शक्तिशाली राष्ट्रको मध्यमा अवस्थित नेपालको अवस्था झनै दयनीय र कारुणीक बन्दै गइरहेको छ । यहाँ हरेक व्यक्तिमा नैराश्यता, चिन्ता र नकारात्मकता मात्रै व्याप्त छ । सयौँ बर्षदेखि आन्तरिक गृहयुद्धमै अल्झिइरहेको नेपालका कैयौँ पुस्ताले सुन्दर शान्त समृद्ध नेपाल देख्ने सपना बुन्दैमा आफ्नो जीवन उत्सर्ग गरे र कतिपय अझै पनि त्यही दिशातर्फ अग्रसर छन् । यसका पछाडि पक्कै पनि हाम्रो नेतृत्वको अदूरदर्शिता र समग्र नेपालीको समाज र राष्ट्रप्रतिको गैरजिम्मेवारीपना नै मुख्य कारक सिद्ध हुन सक्दछन् । विभिन्न समयमा विभिन्न विषयलाई लिएर भएका आन्दोलनले नेपालमा तत्कालिन व्यवस्थालाई परिवर्तन गर्न सके पनि दीर्घकालिनरूपमा राष्ट्रलाई सही निकास दिन सकिरहेको छैन । जसको परिणाम स्वरूप नेपाली जनतामा समाज , राष्ट्र र राष्ट्रिय नेतृत्व प्रति नैराश्यताको भावना पैदा भइरहेको छ ।

आज नेपाली समाज दिनानुदिन झन् भन्दा झन् कमजोर बन्दै गइरहेको यथार्थ हामी सामु छर्लङ्कै छ । यहाँका प्राय युवाहरू नेपालमा सुन्दर भविष्य निर्माण गर्न नसकिने भन्दै दिनहुँ हजारौँको संख्यामा विदेश पलायन भइरहेका छन् । कतिपय युवाहरू हातमा सीप र क्षमता हुँदा हुँदै पनि अवसर नपाउँदा र अवसरको सिर्जना नहुँदा त्यसै भौताइरहेका छन् । कतिपय युवाहरू राजनीतिक संरक्षणको लागि र छोटो र छरितो रूपमा आर्थिक उपार्जनका लागि आफ्नो लक्ष्य र दायित्वबाट अलग हुँदै सही र गलतको कुनै हेक्का नै नराखी राजनीतिको खेलमा होमिएका छन् अनि बन्द हड्ताल, आगजनी र तोडफोड जस्ता कुराहरूमा आफ्नो सिर्जनशिलतालाई नष्ट पारिहरेका छन् । कतिपय युवाहरू राजनीतिक नेता तथा पार्टीको संरक्षणामा निर्धक्कका साथ आपराधिक क्रियाकलापमा सक्रिय भइरहेका छन् र अन्य युवालाई नै त्यसै गर्नका लागि कुप्रेरणा प्रदान गर्दैछन् । जसको परिणाम समग्ररूपमा राष्ट्रका कर्णधार र भविष्यका परि–वर्तनका संवाहकको रूपमा आफ्नो परिचय बनाएका युवाहरूको परिचय नै बदलिएको छ बनेको छ युवा भनेका गुण्डागर्दी गर्ने, पार्टीको झण्डा बोकेर सेतो लाई कालो बनाउन लाग्ने, तोड फोड गर्ने उच्छृङ्खल झुण्ड मात्र हो ।

प्राय युवाले आफ्नो समाज र राष्ट्रप्रति नराकारात्क सोच राख्दै छ । यस्तो देशमा बसेर केही पनि प्रगति हँुँदैन, यहाँ कुनै अवसर नै छैन, यहाँ हाम्रो क्षमताको कुनै सम्मान नै छैन, यहाँ युवालाई प्रयोग मात्र गरिँदैछ आदि यी र यस्तै कैँयौ निराशाजनक कुराहरू आज हरेक युवाबाट सुन्ने गरिन्छ । मात्र राजनीतिक दललाई गाली गर्ने, उसले यस्तो ग¥यो, यसले यस्तो ग¥यो आदि कुराहरू गर्दै अर्कालाई दोष थुपारेर आफू पन्छिने काम आज आम युवाहरू गर्दैछन् । आम युवा मात्र किन ? हरेक राजनीति नेतृत्व, कर्मचारीतन्त्र, सुरक्षातन्त्र, शिक्षाजगत्् हरेक क्षेत्रमा त्यही रोग व्याप्त छ । अर्कालाई दोष थुपरेर आफू भलो बन्ने प्रवृत्तिले आज समाज झन् भन्दा झन् खाडलमा फस्दै छ । युवाहरूमा भौतिकताले चरम सीमा नागिरहेको छ । पाश्चात्य संकृतिको कुप्रभावले गर्दा युवाहरूमा भयङ्कर चुनौतीहरू सिर्जना भइरहेका  छन् । अधिकांश युवा पुस्ता कुलतमा चुर्लु‘म्मै डुविरहेको छ, समाजमा अश्लीलताले सीमा नाघिरहेका छ । प्रायः युवाको लागि चुरोट, रक्सी, वियर, गाँजा, अन्य लागू पदार्थ, प्रेमी –प्रेमिका, डिस्को र डान्सवार, पार्टी, फनपार्क, जस्ता कुराहरू सामान्य र अपरिहार्य बनिरहेका छन् ।  र कतिपय अभिभावकहरू पनि आफ्ना सन्तानको भविष्यका साथ साथै राष्ट्रको भविष्यको वर्वादीका लागि ती अपरिहार्यतालाई परिपूर्ति गरिरहेका छन् ।

हत्या, हिंसा, बलात्कार, अपरहण, आत्महत्या जस्ता घटनाहरू दिनहुँ मिडियामा बजिइरहेका हुन्छन् । चाहे राजीतिक क्षेत्रमा होस्, चोह प्रशासनमा, चाहे  शिक्षा क्षेत्रमा होस् चाहे स्वास्थ्यको क्षेत्रमा हरेक क्षेत्रमा चुनौती नै चुनौतीहरू खडा भएका छन् तर त्यसको निकास के हो र कसले दिने हो भन्ने विषयमा हामी कहिल्यै पनि सोच्दैनौँ । त्यसैले त समाज आज कुरुप बन्दैछ, मानिस आज संवेदनहीन बन्दैछ, मानिस आज हिंस्रक बन्दैछ । तर अब मात्र समस्यालाई केलाएर र औँल्याएर बस्ने समय हामी संँग छैन ।

जति पनि कुराहरू र प्रसंगहरू हामी माथि पढ्याँँै यी सबै कुराहरूको समाधान भनेको तपार्इँ हामी भित्रको चिन्तन र सोच नै हो । हामी आज कुनै समस्यालाई लिएर अर्कालाई गाली गर्न त अग्रसर हुन्छौँ तर त्यहाँ मेरो के भूमिका छ र मैले सुधार्न‘ु पर्ने कुरा के हो कदापि मुल्याङ्कन गर्दैनौँ । हामी आफू स्वयंमा नैतिकवान्, चरित्रवान् र इमान्दार बन्ने प्रयास गरिरहेका हुँदैनौँ अनि देशका कर्मचारी र प्रहरी प्रशासनमा नैतिकता र इमान्दारिता हरायो भन्दै गाली गरिहेका हुन्छौँ । आज समाजमा भ्रष्ट्रचार, घुसखोरी जस्ता अनेकौँ समस्या जटिल रूपमा छन् तर हामी कहिल्यै त्यो समस्या समाधानका लागि मेरो व्यक्तिगत भूमिका के हुन सक्छ सोच्दैनौँ । त्यसैले त हामी चुनौती नै चुनौतीले घेरिएका छौै ।

समाज परिवर्तन मात्र नारा र भाषणले हुँदैन यदि हुने थियो भने त तपाँई हामीले २००७ साल देखिनै कैँयौँ नारा र भाषणहरू सुनिसक्यौँ । कहिले सिंगपुर बनाउने त कहिले स्वीजल्र्याण्ड बनाउने भाषणहरू पनि सुनिरहेका नै छौँ तर हाम्रो समाज हिजो पनि त्यस्तै थियो र आज पनि त्यस्तै छ अझ झन् अधोगतिमा गइरहेको छ । त्यसैले समाज र राष्ट्र परिवर्तन र समुन्नत राष्ट्र निर्माणका लागि राष्ट्रका हरेक मानिसले आफूँ भित्र भएको नकारात्मक र निराशाजनक सोचलाई परिवर्तन गर्न‘ु आवश्यक छ । राष्ट्रका हरेक व्यक्ति चाहे युवा हुन् या प्रौढ सबैले आफ्नो व्यक्तिगत जीवनलाई राष्ट्रजीवनसंग मूल्याङ्कन गर्दै सोही अनुसार आफ्नो आचरण र व्यवहारलाई अगाडि बनाउनु आवश्यक छ । हरेकको मनमा म सुध्रिए भने नै यो राष्ट्र सुध्रिन्छ ,“म परिवर्तन भए भने नै यो राष्ट्र परिवर्तन हुन्छ,। मैले मेरो समाज र राष्ट्रको बारेमा राम्रो सोचे र गरे भने मात्र मेरो समाज र राष्ट्र विकसित हुन्छ । मैले मेरो व्यक्तिगत जीवनमा कहिल्यै भ्रष्ट्राचार गरिन घुस खाइन भने मात्र यो राष्ट्रबाट भ्रष्ट्राचार र घुसखोरी जस्ता समस्याहरू समाधान हुन्छन् । मैले समाज र राष्ट्रले विश्वास गरेर दिएकको जिम्मेवारी (कर्मचारीतन्त्रमा, शिक्षाक्षेत्रमा, प्रहरी प्रशासनमा, राजनीतिक क्षेत्रमा हरेक क्षेत्रमा) लाई इमान्दारिता र नैकिताका साथ निर्वाह गर्दछु । म मेरो समाज र राष्ट्रप्रति गद्दार हुने काम कहिल्यै पनि     गर्दिन । म मेरो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, मौलिक पहिचान आदिको संरक्षणका लागि सँधै कटिवद्ध हुनेछु । म समाजका समस्या देखि डराएर आफ्नो मातृभूमि देखि नै पलायन हुने काम गर्दिन बरु म समाजमा नयाँ– नयाँ अवसरहरूको सिर्जनामा नै मेरो सारा जीवन अर्पित गर्दछ“ु यी र यस्तै थुप्रै विषयहरूमा आफूलाई दृढ संकल्पित गर्दै हरेक नेपालीले आफ्नो कार्यलाई अगाडि बढाउने हो भने समाजमा व्याप्त अनेकौँ समस्याहरूलाई छोटो समयमा नै समाधान गर्न सकिन्छ तर वर्तमानमा म बिग्रेर के भो त अरु नबिग्रे त भो नि, मैले चुरोट र रक्सि खाएर कुलत मा फरेर समाजलाई दुर्गन्धित गरेर के भो र अरु कुलतमा नफसे त भोनि मैले भ्रष्ट्राचार गरेर के भो र अरुले नगरे त भोनि, यस्ता हरेक व्यक्तिले व्यक्तिगत रूपमा राख्दै आइरहेको यो सोचाइले गर्दा नै आज समाजमा अनेकौँ समस्याका श्रृङ्खला खडा भइरहेका छन् । “म बिग्रे भने समाज बिग्रन्छ, मैले भ्रष्ट्राचार गरे भने पुरा देश नै भ्रष्ट्रचारमा डुब्छ त्यसैले अरुले जे सुकै गरुन् तर म कहिल्यै पनि दुइ नम्बरी काम गर्दिन,“ समाज र राष्ट्रलाई अहित हुने काम गर्दिन,“ जब हरेक नेपालीले यस्तो सकारात्मक संकल्प लिएर अगाडि बढ्छन् तव मात्र तपाई हामीले कल्पना गरेको सुन्दर र समृद्ध नेपाल निर्माण गर्न सक्दछौँ । त्यसका लागि मात्र खाँचो छ र सकारात्मक चिन्तन, आशा, दृढविश्वास र दृढसंकल्पको ।

अन्त्यमा देशको भविष्य र वर्तमानको सम्भावना लिएर अगाडि बढेका हामी युवाहरूले आँफूलाई चरित्रवान्, नैतिकवान् र इमान्दार बनाउँदै समाज र राष्ट्रका समस्यालाई सुचीकृत गरेर बस्नु भन्दा पनि ती समस्याहरूमाथि हामी के गर्न सक्दछौँ ? यी समस्या समाधानमा हाम्रो युवाशक्तिलाई कसरी प्रयोग गर्न सक्दछौँ ? यहाँ अनेकौँ सम्भावना र अवसरहरू हुँदा हुँदै पनि हामी विदेश पलायन भइरहेका छौँ र हाम्रो               सारा उर्जा र क्षमतालाई विदेशमा बगाइरहेका छौँ तर त्यसलाई आफ्नो जन्मभूमि र कर्मभूमिमा कसरी सदुपयोग गर्न सक्दछौँ ? यदि अहिले नै हामी सम्भावना र अवसरहरू छैनन् भने हाम्रा आउने सन्ततिको लागि हामीले कस्ता अवसरहरू सिर्जना गर्न सक्दछौँ ? चाहे त्यसका लागि हामीले आफ्नो जीवन उत्सर्ग गर्न किन नपरोस् ? यहाँका हरेक क्षेत्रमा देखिएका समस्या समाधानमा हाम्रो के भूमिका हुन सक्दछ ? यदि अहिलेको नेतृत्व ठीक छैन भने अबको नेतृत्व हामीले कस्तो खडा        गर्दछौँ ? चाहे त्यो राजनीतिक नेतृत्व होस् चाहे प्रशासनिक, यी र यस्तै थुप्रै विषयहरूप्रति हरेक युवाले चिन्तन गर्नु‘ पर्ने अपरिहार्य छ । साथै समान सोच, समान दृष्टिकोण र समाज उद्देश्यका लागि संगठित हुँदै आफूलाई पनि परिमार्जन र परिष्कृत गर्दै मिसनरी रूपमा अव नेपाली युवापुस्ता लाग्नु पर्ने समय आइसकेको छ । मात्र सस्ता भाषण र क्षणिक लोभमा नलागि आफ्नो बुद्धि र विवेकलाई सही रूपमा प्रयोग गर्दै राम्रो र नराम्रो छुट्टाउँदै आफ्नो दायित्व निर्वाहको दिशातर्फ हरेक युवा र हरेक नेपाली लाग्ने हो भने मात्र नेपाल समृद्धशाली र सुरम्य बन्न सक्दछ । त्यसैले आजैबाट संकल्प गरौँ कि यो समाज मेरो हो, यो देश मेरो हो यहाँका हरेक समस्याहरू मेरा समस्या हुन् , यहाँको विकास र परिवर्तन मेरो काँधमा नै छ मैले गरेर नै म समाज र राष्ट्र परिवर्तन गर्न सक्दछु । राष्ट्रलाई कष्ट हुँदा मलाई कष्ट हुन्छ, राष्ट्रको पहिचान र स्वाभिमान गुम्दा मेरो पहिचान र स्वाभिमान पनि गुम्दछ त्यसैले म मेरो राष्ट्रको स्वाभिमान र मौलिक पहिचानलाई कदापि गुम्न दिने छैन । म मेरो राष्ट्रको उन्नति, प्रगति र समृद्धिका लागि आफ्नो व्यक्तिगत जीवन पनि उत्सर्ग गर्न तयार छु । यस्तो दृढ संकल्पका साथ प्रत्येक युवा अगाडि बढ्यौँ भने मात्र हामी विश्वमान चित्रमा नेपाललाई साँचै बुद्धको देश र साँचै उच्च शिखर सगरमाथाको देश भनेर गर्वका साथ चिनाउन सक्दछौँ ।

त्यसका लागि पहिले आफूँ सुध्रँदै हरेक अभिभावकले आफ्ना सन्ततिलाई, हरेक शिक्षकले आफ्ना विद्यार्थीलाई, हरेक नेताले आफ्ना कार्यकर्तालाई, हरेक प्रमुख व्यक्तिले आफूँ भन्दा मुनिका व्यक्तिहरूलाई हरेरक साथिले आफ्ना साथिहरूलाई समाज र राष्ट्रप्रतिको सोचाइमा साकारात्मकता ल्याउँदै उनीहरूलाई आचरण, संस्कार, नैतिकता, चरित्रता र इमान्दारिताको पाठ पठाउँदै उनीहरूको समाज र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीको बोध गराउँदै त्यो जिम्मेवारी पुरा गर्ने दिशातर्फ अगाडि बढ्नका लागि मार्ग दर्शन र प्रेरणा प्रदान गर्नु‘ सबैको कर्तव्य हो । 

नेपाल आमाको–जय !
(यो लेख प्राज्ञिक विद्यार्थी परिषद्,नेपालका राष्ट्रिय महासचिव रमेश कण्डेल द्धारा लेखिएको हो)

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH