Tuesday, March 5, 2013

अब पनि नेपाली युवाले मात्र सरकार, नेता र पार्टीहरुलाई गालि गरिरहने हो भने एक दिन पक्कै पनि टाउकोमा हात राखेर स्वयंलाई धिक्कार्नु बाहेक कुनै विकल्प हुँदैन । तसर्थ अहिले नै राष्ट्रको यस गम्भीर अवस्थालाई ध्यानमा राख्दै राष्ट्र जागरणका लागि, समाज पनिवर्तनका लागि राष्ट्रको पुनर्निर्माणका लागि व्यक्तिगत, पारिवारिक स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नु पर्ने बेला आएको छ । समाजमा राम्रा पक्ष भन्दा समस्या बढि छन् ती समस्यालाई बन्द कोठाभित्र बसेर मूल्यांकन गर्दै आग्मग्लानी गर्नु भन्दा सकारात्मक सोच, दृढसंकल्प र निश्चित उद्देश्य बोकेर राष्ट्रका सम्पूर्ण युवाहरु एकजुट भई जनआह्वानका लागि अगाडि बढ्नु पर्ने समय आएको छ । तब मात्र तपाई हामीले कल्पना गरेको सुन्दर, शान्त र समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्छ । अब पनि देशको जिम्मा मात्र २ ४ पार्टी र नेतालाई सुम्पिएर हामी मूकदर्शक बनेर बस्ने हो भने एक दिन पक्कै पनि नेपाल आमाको अस्मिता लुटिनेछ, नेपाल आमा बेचिनेछिन्, त्यसैले उठौँ, जुटौँ र अगाडि बढौँ राष्ट्रजागरणका लागि..............................

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH