Tuesday, July 3, 2018


नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम  हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं । नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा बढीमा २५० जना सम्मको सहभागिता रहनेछ ।

बाघचाल प्रतियोगितामा सहभागिताका लागि २०७५ साल साउन २ गते साझँ ५ः०० बजे सम्म  आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइनेछ । म्याद नाघी आएको आवेदन उपर कुनै कार्वाही हुने छैन । आवेदन शुल्क रु १५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । विजेताहरुलाई पहिलो पुरस्कार रु ५५००, दोस्रो रु ३५०० र तेस्रो रु २५०० साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । 

उक्त कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका पूर्व  खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

सम्मानित हुने खेलाडीहरुमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जीप्रसाद बज्रचार्य ( कराँते, दिपक बिष्ट ( तेकवान्दो, बिनोद दास ( क्रिकेट ,सारादेबी तामाङ ( ब्याडमिन्टन (नेपाल आर्मी ), दिपक महर्जन – बक्सिग, आङ बाबु लामा ( ऊशु ,भरत शाह ( भलिबल  (नेपाल पुलिस ) ,ममता चौधरी ( महिला क्रिकेट (सशत्र प्रहरी बल), जित बहादुर केसी ( एथलेटिक्स , तारादेबी पुनमगर ( भारत्तोलन, रन्जना धामी – प्याराओलम्पिक (अपाङ्ग)  र सोम बहादुर सुनुवार ( प्याराओलम्पिक (अपाङ्ग)  रहनु भएको छ ।

Thursday, June 28, 2018

डा.लक्ष्मीप्रसाद खतिवडा


१. आज असारको १५ । किसानको चाड । नेपालीको चाड । दहीचिउरा खाने दिन । 
२. कुन खुसीमा दही चिउरा खाउ ? नेपाल ३० वर्ष अघिसम्म पनि खाद्यान्नमा आत्मनिर्भर थियो भनेर ऐतिहासिक तथ्यले बताउँछ । खाद्यान्न निर्यात कम्पनीले उब्जनी निर्यात गरेर सरकारलाई राम्रै राजश्व बुझाउँथ्यो । 
३. आज नेपालको स्थिति खाद्यान्न आयातले भारत, चिन, जापान इटली जस्ता देशसँग ब्यापार घाटा बढ्दो छ । नेपालका ९६ प्रतिशत धानका बिउ समाप्त भए । बाँकी ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैँकमा छ भनेर सरकारी डाटाले भन्छ ।
४. अब तीन वर्षमा नेपाललाई खाद्यान्नमा निर्भर बनाउन विज्ञलाई तालिमलिन इजरायल इटली फिलिपिन्स पठाउने योजना राष्ट्रिय योजना आयोगले बनाउँछ ।
५. नेपालको प्रत्येक ४ किलोमिटरमा हावा पानी माटो मऔसम फरक पर्छ । नेपाललाई कस्तो विज्ञ चाहिएको छ ?
६. देशका ५८ वटा ठुला उद्योग सरकारको मातहतमा हुँदा सरकारी खर्च १६ प्रतिशत थियो । ती उद्योग प्राइभेटाइजेसन गरिसकेपछि सरकारी खर्च बढेर ३१.२ पुगेको छ ।
६. इटलीको बंशाणुगत सुधार गरिएको स्याउको बिउले कर्णालीको स्याउ खेती धानेको छ । विदेशको स्याउले नेपाली बजार ओगटेको छ । टमाटर र खोर्सानीको बिउ भारतमा भर पर्नुपर्छ । आलु र प्याजको बजार भारतको नियन्त्रणमा छ ।
७. देशको सम्पूर्ण बजेटको आधा हिस्सा भारतसँग ब्यापार घाटा छ । अर्थ मन्त्री अर्थको स्वेतपत्र निकाल्छन् । दुबै देशका प्रधानमन्त्रीको भ्रंमण हुन्छ । ब्यापारघाटाको “ब” पनि उच्चारण हुँदैन ।
८. देशको शिक्षाको स्थिति उस्तै बेहाल छ । विश्वविद्यालयको पाठ्यक्रम र राष्ट्रिय योजना आयोगको राष्ट्रिय नीतिमा सामञ्जस्यता छैन ।
९. विश्वविद्यालयमा “ग्रामीण विकास (Rural development)” पढाउन थाले पछि गाउँगाउँमा जमिन बाँझो रहन थाल्छ । विश्वविद्यालयमा “समाज विकास (Social Development)” पढाउन थालेपछि देशको आयात ७२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्छ । निर्यात घटेर २८ प्रतिशतबाट ६ प्रतिशतमा झर्छ ।
१०. विकासको प्रश्न उठायो भने सत्तामा भएका पाटीहरू एकअर्कालाई दोष लगाएर पन्छिन्छन् ।
११. भाषाको समस्या त भनिसाध्य छैन । विश्वबैँक र एसियन डेभलपमेन्ट बैँकबाट ४८ अरब ऋण लिएर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राखेको राष्ट्रिय फञ्जीकरणको डाटामा राहदानीमा १० लाख जति र जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइसराइ र सम्बन्ध विच्छेदको अभिलेखमा २ करोड ६४ लाख नाम ठेगाना गल्ती भेटिन्छ ।
ए हजुर तपाईँ नै भन्नुस्
यो असारे पन्द्रमा म कुन खुसीका दहीचिउरा खाउ?

Sunday, May 13, 2018


आकाश श्रेष्ठ र आश्मा गिरि मुख्य भूमिकामा रहेको चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति हेरेफेर भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चलचित्र असोज १९ गते दर्शकमाझ आउने जानकारी गराएका छन् । दुई करोड भन्दा बढी लगानी रहेको बताइएको चलचित्रलाई डिसिएनले बितरण गर्दैछ ।
चलचित्रमा आकाश र आश्माको साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको अभिनय रहेको छन् । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रमा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल निर्माताको रुपमा रहेका छन् । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको चलचित्रलाई राहुल राईले खिचेका छन्।

निर्देशक ऋषिराज आचार्यले स्वदेश भन्दा विदेशमा पहिले प्रदर्शन हुने जानकारी दिएका छन् । विदेशका अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरुमा नेपाल भन्दा पहिले प्रदर्शन हुनेछ । निर्देशक आचार्यका अनुसार ‘ड्रिम गर्ल’ को जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा बिशेष शो हुने पक्का भइरहेको छ । त्यसपछि अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुने छ ।





Tuesday, May 8, 2018




राम शर्मा 




हुन त कम्युनिष्ट र पुँजीवादी सँस्कारका राजनितिज्ञहरु जिम्मेवार विहिन हुन्छन भन्ने विश्व जगतलाई थाहै भएको कुरा हो । अर्कालाई दोष दिँदै आफुले देश दोहन गर्ने काम काँग्रेसले गरेकै थियो अनि दोहनकार्यमा कम्युनिष्टले काँग्रेसिहरुलाई जितेकै हुन । पञ्चहरुलाई त के भन्नु पाँच वटा औंला सहितका हातले जे भेट्टायो त्यही, जहाँ भेट्टायो त्यहीं लपालप पार्ने प्रवृत्तिका शुरुवातकर्ताहरु नै हुन् । नयाँ सरकार आयो । कम्युनिष्टको बहुमतिय सरकार (एकता भयो भने दुई तिहाइ नै होला । यस्तो सरकारका मन्त्रि तथा पार्टी कार्यकताहरुले अनौठाको व्यवहार देखाउँदै छन । उनीहरुका अनुसार भएभरका नराम्रा कामहरु सबै देउवा सरकारको पालामा भएका, नियमावलिहरु पनि काँग्रेसकै धरपकडमा गर्न बाध्य भएका र त्यसको निरन्तरता दिनु अहिलेको सरकारको बाध्यता जस्ता कुरा गर्दै हिँडेका कथा वग्रेल्ति हुन थालेका छन । आफ्नो बहुमत हुँदा पनि काँग्रेसकै बुईमा बसेर सरकार चलाए जस्तो कुरा कम्युनिष्ट साथी र मन्त्रिहरुका कुरा सुन्दा त अल्लि हजम हुन छोडेको छ ।
अति क्रान्तिकारी भनेर आफुलाई चिनाउने साथिहरुले यस्ता गतिछाडा कुरा गर्नु भएन । दम छ भने त्यस्ता नराम्रा प्रवृत्तिलाई हटाउनु पर्छ, दम छैन भने लुतुरे कुरा गर्दै सधैं जस्तो काँग्रेसलाई गालि गर्दै पन्छिने र आफु जथाभावी गर्ने प्रवृत्ति त्याग्नु पर्छ की ? यो देशको विकाश त्यसपछी मात्र सम्भव छ की ? हाम्रो नजरमा काँग्रेस होस कम्युनिष्ट होस वा पञ्च नै किन नहोस बानि व्यहोरामा रौं विस्तुर तलमाथी छैन । नेपालका हरेक नेपालीले व्यवहारिक रुपमै हामी फरक हौं भन्ने हिम्मत गर्ने पार्टी खोजेको छ ।

Wednesday, May 2, 2018


नेपालको इतिहासमा नेपाललाई विश्व सामु चिनाउनु पुनर्जागरण शुरु भएको छ् । महागुरु डा.निर्मलमणि अधिकारीको ४३ औं पुस्तक “ नेपालको पुनर्जागरणको अर्थ र आधार”  पुस्तक सार्वजनिक गरिएको छ । जरो किलो प्रतिष्ठान नेपाल र सहृदयता समाज  नेपालको आयोजना बुद्ध जयन्तीको अवसरमा  काठमाडौंको नेपाल ल क्याम्पसमा  सोमबार आयोजित पुस्तक पाचँ बटा पञ्च कन्याहरुले लोकार्पण गरेका हुन । 

यस पुस्तकमा अथातो पुनर्जागरण, पुनर्जागरण र आधुनिकता, पुनर्जागरणको नेपाली पथ, नेपालीपन, राष्ट्रराज्य र राज्यराष्ट्र, पुनर्जागरण सचेतानासँग असड्ड्गत राजनिति, आर्दश र लक्षः वैज्ञानिक सत्ययुग, र सुनिश्चित आधार विषय बस्तु समावेश गरिएका छन् ।

लोकार्पण पछि बोल्दै जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले यो पुस्तक फेरी नेपाली राजनितिमा र नेपालमा पुनर्जागरण तरड्ड पैदा हुने भन्नु भयो । विभिन्न प्राध्यापक, विद्याथीर्, नागरिकहरुले बोल्दै यो पुस्तक नेपालको वर्तमान व्यवस्थाको सम्पुर्ण आयामहरुलाई धक्का दिने विश्वास लिएका छन् ।

कार्यक्रममा जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका उपाध्यक्ष  प्रा.डा.दामोदर ज्ञवाली, महासचिव डा. लक्ष्मीप्रसाद खतिवडा, अन्तराष्ट्रिय महासचिव अर्जुन शर्मा, विभिन्न क्याम्पसका प्राध्यापकहरु, बकिल, नागरिक, युवा विद्यार्थीहरुको सहभागिता भएको थियो ।

डा.निर्मलमणि अधिकारीको अनुसन्धान,लेखन, प्रशिक्षण, संगठन संस्थानीकरण, मार्गनिर्देशन कार्यहरुमार्फत  नेपाल– केन्द्रित प्रतिमानलाई मुलप्रवाहमा ल्याउन अग्रणी भुमिका रहेको छ् । डा. अधिकारीको संकल्प एवं आह्वानमा जरो किलो महाअभियानको स्थापना भई नेपालको पुनर्जागरण युगलाई सार्थक, सफल, युगप्रवर्तनकारी निष्कर्षमा पु¥याउन महाअभियान सक्रिय रहेको छ ।

कार्यक्रमको सभापति जरो किलो  प्रतिष्ठान नेपालका कार्यलय प्रमुख श्रीराम प्रोखेल र कार्यक्रम संञ्चान प्रतिष्ठानका प्रवक्ता शान्तम् श्री ज्युले गर्नु भएको थियो ।
युगद्रष्टा डा. निर्मलमणि अधिकारीका प्रवचनमा आधारित यो पुस्तकले नेपालको पुनर्जागरणको सड्ड्कथनलाई सुस्पष्ट दिशा प्रदान गर्ने कार्यमा विशेष महत्व राख्ने भन्दै धिरेन्द्र चन्द सोडारी जानकारी दिनुभयो ।
अघि बढौं यो युग हाम्रो हो ।

Friday, March 30, 2018





आर.वि. मुभिजले दक्षिण भारतिय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमा ब्यानरसंगको सहकार्यमा निर्माण गरिरहेको बिग बजेटको फिल्म ‘ड्रिम गर्ल’ को रिलिज डेट फाइनल भएको छ। हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मले आगामी असार २९ लाई आफ्नो रिलिज डेट लक गरेको छ। ऋषिराज आचार्यको लेखन ,निर्देशन ,पटकथा अनि सम्वाद रहेको फिल्ममा अहिलेका चर्चित युवा संगीतकार अर्जुन पोखरेलको सोलो संगीत रहेको छ ।
ऋषिराज आचार्य र अर्जुन शर्मा निर्माता , रामेश्वर धिताल सह-निर्माता रहेको प्रतिक्षित फिल्म ‘ड्रिम गर्ल’ मा नेपालको काठमाण्डौ र चर्चित पर्यटकीय नगरी रारा ताल आसपासका ठाउँ साथै थाइल्यान्डको फि फि आइसल्यान्ड , फुकेट, कमला बीच लगाएतका रमणीय ठाँउहरु देख्न सकिनेछ । पछिल्लो समयका ब्यस्त नायक आकाश श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘ड्रिम गर्ल’ बाटै नेपाली रजतपट आष्मा गिरीले नायिका भएर डेब्यु गर्दैछिन । ऋषिराज आचार्य र अर्जुन शर्मा निर्माता रहेको फिल्ममा आकाश र आष्माका अलवा सरोज खनाल,विल्सन बिक्रम राई, लक्ष्मी गिरी,अर्जुन श्रेष्ठ, शिशिर भण्डारी लगायत कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ।
अर्जुन शर्मा निर्माता

Thursday, February 15, 2018




जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको राष्ट्रिय चिन्तन शिविर मिति २०७४ फागुन ५, ६ र ७ गते काठमाडौँ उपत्यकामा आयोजना गरिँदैछ । जरो किलो महाअभियानको सदस्यता लिइसक्नुभएका अग्रणी कार्यकर्ताहरुका साथसाथै विभिन्न कारणले सदस्यता लिन नभ्याइसक्नुभएका र अब सदस्य एवं कार्यकर्ता बन्न इच्छुक महानुभावहरुलाई पनि राष्ट्रिय चिन्तन शिविरमा सहभागिताको लागि खुल्ला निमन्त्रणा छ । यो निमन्त्रणा जरो किलो महाअभियानमा आबद्ध हुन इच्छुक देशका सातवटै प्रदेश र ७७ जिल्लाका सबैजनाको लागि हो । आवासीय कार्यक्रम भएको हुनाले आफू आउने अग्रिम जानकारी गराई राष्ट्रिय चिन्तन शिविरको सहभागी नामावलीमा आफ्नो नाम दर्ता गराउनु होला ।
सम्पर्क —
9751019348
जरो किलो महाअभियानका विशिष्टिकृत संस्थाहरु :—
जरो किलो महाअभियानको कार्यक्षेत्र निकै बृहत्तर, विस्तृत, विशद् भएको हुनाले यो महाअभियान अन्तर्गत अनेकौँ विशिष्टिकृत संस्था, संघ, संगठन, समिति, कार्यदल आदि रहन्छन् । हामीले केही विशिष्टिकृत संस्थाहरु स्थापना गरिसकेका छौँ र अन्य संस्था, संघ, संगठन, समिति, कार्यदल आदि पनि क्रमशः विकसित हुँदै जानेछन् । आजको मितिसम्म निम्नानुसारका संस्थाहरु खडा भइसकेका छन् —
(१) जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति —
नेपालमा राजनीतिक कार्यको लागि । निर्वाचन आयोगमा दर्ता गर्दा “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” नै नाम राखेर अघि बढ्ने कि योचाहिँ परिचायक नाराको रुपमा प्रयोग गरी नामचाहिँ दुई — तीन शब्दहरुको राखेर अघि बढ्ने भन्नेबारे विचार विमर्श भइरहेको छ । जे होस्, मौलिक रैथाने शक्ति उपयुक्त समयमा निर्वाचनमा भाग लिने एवं निर्वाचनमार्फत् जनअनुमोदन हासिल गरी राज्यसत्ता सञ्चालन गर्ने राजनीतिक संस्था (पार्टी / दल) का रूपमा अगाडि आउनेछ ।
(२) जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति —
रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट (“जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” – Root and Locus International Movement) को कार्यक्षेत्र सारा विश्व हो । अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनले यसको सदस्यता लिन सक्नेछन् ।
(३) जरो किलो प्रतिष्ठान नेपाल —
अनुसन्धान, उद्यमशीलता, विकासका लागि कार्य गर्न संस्थापित “जरो किलो प्रतिष्ठान नेपाल” – नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई समाजकल्याण परिषद्मा आबद्ध संस्था हो । यो राजनीतिक संगठन होइन, यो त उद्यमशीलता, अनुसन्धान, विकासका लागि संस्थापित कम्पनी हो ।
जरो किलो प्रतिष्ठान नेपालका उद्देश्यहरु :-
– नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– गुरुकुल सहित विविध प्रकारका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी सञ्चालन गर्ने, गराउने ।
– विभिन्न प्रकारकाका सीपमूलक प्रशिक्षणहरु सञ्चालन गर्ने गराउने ।
– नेपालका मौलिक रैथाने औषधिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– नेपालका मौलिक रैथाने खाद्य तथा पेय पदार्थको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– नेपालका विभिन्न पक्षबारे अनुसन्धान तथा प्रकाशन प्रसारण गर्ने, गराउने ।
– नेपालका रैथाने भाषाहरुको प्रवर्द्धनका लागि क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।
– नेपालका मठ, मन्दिर, गुठी, चैत्य, विहार आदिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।
– नेपालका रैथाने वैदिक, बौद्घ, जैन, किराँती, बोन लगायतका धर्म संस्कृतिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।
– मनोसामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने ।
(४) सहृदयता समाज नेपाल —
सहृदयता समाज नेपाल – जिल्ला प्रशासन कार्यालय, भक्तपुर र नेपाल सरकार, समाज कल्याण परिषद्मा दर्ता भएको सामाजिक, गैरसरकारी संस्था हो । सहृदयता अवधारणा, सिद्धान्त, दर्शनको व्यावहारिक प्रवर्धन गरी सबैथरि नेपालीजनलाई नेपाल विविधतायुक्त देश होस नेपालमा धेरैथरी जाति हुनु र तिनीहरू मिलेर एउटै राष्ट्र निर्मित हुनु स्वाभाविक र सहज कुरा नै हो भन्ने आत्मसात् गराउने एवं सहृदयताको सम्बन्ध सुनिश्चित गर्नका लागि यो संस्थाले कार्य गर्नेछ ।
(५) र (६) महिला र युवाका विशिष्टिकृत संस्थाहरु दर्ताका क्रममा छन् । दर्ता भइसकेपछि थप जानकारी दिइनेछ । अन्य संस्थाहरुबारे पनि पछि जानकारी दिइनेछ ।
नेपालको पुनर्जागरणको लागि महाअभियान
युग निर्माणको लागि महाअभियान
जरो किलो महाअभियान
Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH