आकाश श्रेष्ठ र आश्मा गिरि मुख्य भूमिकामा रहेको चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति हेरेफेर भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चलचित्र असोज १९ गते दर्शकमाझ आउने जानकारी गराएका छन् । दुई करोड भन्दा बढी लगानी रहेको बताइएको चलचित्रलाई डिसिएनले बितरण गर्दैछ ।
चलचित्रमा आकाश र आश्माको साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको अभिनय रहेको छन् । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रमा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल निर्माताको रुपमा रहेका छन् । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको चलचित्रलाई राहुल राईले खिचेका छन्।
निर्देशक ऋषिराज आचार्यले स्वदेश भन्दा विदेशमा पहिले प्रदर्शन हुने जानकारी दिएका छन् । विदेशका अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरुमा नेपाल भन्दा पहिले प्रदर्शन हुनेछ । निर्देशक आचार्यका अनुसार ‘ड्रिम गर्ल’ को जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा बिशेष शो हुने पक्का भइरहेको छ । त्यसपछि अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुने छ ।
0 comments:
Post a Comment