Thursday, June 28, 2018

डा.लक्ष्मीप्रसाद खतिवडा


१. आज असारको १५ । किसानको चाड । नेपालीको चाड । दहीचिउरा खाने दिन । 
२. कुन खुसीमा दही चिउरा खाउ ? नेपाल ३० वर्ष अघिसम्म पनि खाद्यान्नमा आत्मनिर्भर थियो भनेर ऐतिहासिक तथ्यले बताउँछ । खाद्यान्न निर्यात कम्पनीले उब्जनी निर्यात गरेर सरकारलाई राम्रै राजश्व बुझाउँथ्यो । 
३. आज नेपालको स्थिति खाद्यान्न आयातले भारत, चिन, जापान इटली जस्ता देशसँग ब्यापार घाटा बढ्दो छ । नेपालका ९६ प्रतिशत धानका बिउ समाप्त भए । बाँकी ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैँकमा छ भनेर सरकारी डाटाले भन्छ ।
४. अब तीन वर्षमा नेपाललाई खाद्यान्नमा निर्भर बनाउन विज्ञलाई तालिमलिन इजरायल इटली फिलिपिन्स पठाउने योजना राष्ट्रिय योजना आयोगले बनाउँछ ।
५. नेपालको प्रत्येक ४ किलोमिटरमा हावा पानी माटो मऔसम फरक पर्छ । नेपाललाई कस्तो विज्ञ चाहिएको छ ?
६. देशका ५८ वटा ठुला उद्योग सरकारको मातहतमा हुँदा सरकारी खर्च १६ प्रतिशत थियो । ती उद्योग प्राइभेटाइजेसन गरिसकेपछि सरकारी खर्च बढेर ३१.२ पुगेको छ ।
६. इटलीको बंशाणुगत सुधार गरिएको स्याउको बिउले कर्णालीको स्याउ खेती धानेको छ । विदेशको स्याउले नेपाली बजार ओगटेको छ । टमाटर र खोर्सानीको बिउ भारतमा भर पर्नुपर्छ । आलु र प्याजको बजार भारतको नियन्त्रणमा छ ।
७. देशको सम्पूर्ण बजेटको आधा हिस्सा भारतसँग ब्यापार घाटा छ । अर्थ मन्त्री अर्थको स्वेतपत्र निकाल्छन् । दुबै देशका प्रधानमन्त्रीको भ्रंमण हुन्छ । ब्यापारघाटाको “ब” पनि उच्चारण हुँदैन ।
८. देशको शिक्षाको स्थिति उस्तै बेहाल छ । विश्वविद्यालयको पाठ्यक्रम र राष्ट्रिय योजना आयोगको राष्ट्रिय नीतिमा सामञ्जस्यता छैन ।
९. विश्वविद्यालयमा “ग्रामीण विकास (Rural development)” पढाउन थाले पछि गाउँगाउँमा जमिन बाँझो रहन थाल्छ । विश्वविद्यालयमा “समाज विकास (Social Development)” पढाउन थालेपछि देशको आयात ७२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्छ । निर्यात घटेर २८ प्रतिशतबाट ६ प्रतिशतमा झर्छ ।
१०. विकासको प्रश्न उठायो भने सत्तामा भएका पाटीहरू एकअर्कालाई दोष लगाएर पन्छिन्छन् ।
११. भाषाको समस्या त भनिसाध्य छैन । विश्वबैँक र एसियन डेभलपमेन्ट बैँकबाट ४८ अरब ऋण लिएर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राखेको राष्ट्रिय फञ्जीकरणको डाटामा राहदानीमा १० लाख जति र जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइसराइ र सम्बन्ध विच्छेदको अभिलेखमा २ करोड ६४ लाख नाम ठेगाना गल्ती भेटिन्छ ।
ए हजुर तपाईँ नै भन्नुस्
यो असारे पन्द्रमा म कुन खुसीका दहीचिउरा खाउ?

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH