प्रविधिको अर्को फड्को । वाइफाई प्रविधिको तुलनामा सय गुणा तीव्र गतिको लाइफाई प्रविधिको सफल परीक्षण गरिएको छ । हालसालै एस्टोनियाको राजधानी ट्याल्लिनमा एक स्टार्टअप कम्पनी भेल्मेन्नीले यसको परीक्षण गरेको थियो । यसअघि ल्याबमा मात्रै परीक्षण गरिएको लाईफाई प्रविधि पहिलोपटक सो स्टार्टअपले औद्योगिक वातावरणमा अफिसमा प्रयोग गरेको थियो ।
यसका लागि उसले लाइट बल्बको प्रयोग गरेको थियो । यस्तो अवस्थामा १ जीबी प्रति सेकेन्डमा डाटा प्रसार भएको थियो, जुन अहिलेको वाइफाईको औसत गतिभन्दा १०० गुणा छिटो हो । यसअघि ल्याबमा टेस्ट गर्दा वैज्ञानिकले एलइडी बल्बमार्फत प्रति सेकेन्ड २२४ जिबीको दरमा उच्च गतिको इन्टरनेट चलाउन सकिने पत्ता लगाएका थिए । भेल्मेन्नीका सिइओ दीपक सोलान्कीले यो प्रविधि आगामी ३/४ वर्षमा उपभोक्तामाझ आउने बताएका छन् ।
के हो लाइफाई टेक्नोलोजी ?
लाइफाई अर्थात् लाईट फिडेलिटी प्रविधिमा रेडियो तरंगको सट्टा प्रकाश तरंग प्रयोग गरिन्छ। अर्थात् यो वाइफाई विकल्पमा आएको सुपर फास्ट वायरलेस टेक्नोलोजी हो । प्रकाश पुग्ने स्थानसम्म इन्टरनेट पुर्याउन सकिन्छ ।

यसमा विशेष प्रकारको राउटर निर्माण गरिन्छ, जसमा एलइडी ल्याम्प लगाइएको हुन्छ। राउटरबाट निस्किएको इन्टरनेट रेडियो तरंग ल्याम्पको सहयोगले प्रकाश तरंगमा परिवर्तन हुन्छ। उक्त तरंग अर्को स्थानमा भएको राउटरसम्म पुग्छ र त्यसमा जोडिएको सिस्टममा हाई स्पिड इन्टरनेट उपलब्ध गराउँछ। रेडियो तरंग ह्याक हुन सक्छ, तर प्रकाश तरंग ह्याक गर्न गार्हो हुन्छ।
लाइफाई कसले पत्ता लगाए
लाइफाई टेक्नोलोजी सन् २०११ मा जर्मन भौतिकशास्त्री प्राध्यापक हेराल्ड हासले पत्ता लगाएका हुन् । उनले प्रविधि, मनोरन्जन र डिजाइनसम्बन्धी सम्मेलनमा पहिलोपटक लाइट बल्बलाई वायरलेस राउटरको रुपमा प्रयोग गरेर उच्च गतिको डाटा प्रसार गर्न सकिने अवधारणा ल्याएका थिए । उनले भविष्यमा करोडौ लाइट बल्बहरु वायरलेस हट्सपटको रुपमा प्रयोग हुने बताएका छन् ।

Source : ICT
0 comments:
Post a Comment