युएईको एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्च, युएईको २१ सदस्यीय समितिबाट १८ सदस्यले उक्त संगठन परित्याग गर्दै नयाँ शक्तिमा आवद्ध हुने निर्णय गरेका छन् ।
यस्तो छ एमाओवादी छाडी नयाँ शक्तिमा लामवद्ध हुनेहरुको विज्ञप्ति र नामावली
प्रेस विज्ञप्ति
आदरणीय युएईबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार !
निकै लामो प्रतिक्षापश्चात जननिर्वाचित संविधानसभाबाट संबिधान जारी भए पनि अन्तरिम संबिधानबाटै प्रदान गरिएको अधिकारहरु खोसिएपछी मधेश, थारुवान, मगरातलगायत देशका विभिन्न भागहरुमा बिगत ३ महिना देखि आन्दोलन भैरहेको छ। त्यस्तै भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजीवन पनि अस्तव्यस्त र निकै कस्टकर बनिरहेको छ भने अर्कोतर्फ महाभूकम्पबाट पीडित जनताहरुमा ६-७ महिनासम्म पनि सरकारले कुनै पुनर्निर्माणको योजना प्रस्तुत गर्न सकिरहेको छैन। देशमा कालो बजारी र भ्रष्टाचार मौलाएको मौलायौ छ ।यस्तो अवस्थामा पनि नेपाल सरकार कुनै पनि समस्या समाधानका निम्ति उदासिन देखिएको छ । सबै राजनीतिक दलहरु पनि समस्याको समाधान भन्दा सत्ता स्वार्थमा केन्द्रित भएका छन्। नयाँ संविधान घोषणा पश्चात देशमा नेपाली जनताले देखेको आर्थिक विकास र प्रगतिको सपनामाथि तुषारापात हुन थालेको छ ।
बिशेषगरी दशवर्षे जनयुद्धको धारमा उभिएर हासिल गरेको महत्त्वपूर्ण उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक समावेशीता लगायत अरु थुप्रै एजेन्डा समेत गुम्ने खतरालाई मध्यनजर राखेर, सबै गुमाउनु भन्दा बरु न्युनतम उपलब्धिहरु संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष जो जनताको माग हो, त्यसलाई जोगाउनकै लागि भएपनी सत्ता पक्षसँग सम्झौता गरेर केही एजेन्डा थाँती राखेर हतारमा संविधान जारी गर्न बाध्य भएको कुरा हामी सबैमा जगजाहेर नै थियो।
अन्ततः उधारो नै भएपनि संविधान जारी गर्नु बाध्यता थियो र जारी भएको छ। संविधान जारीसँगै अब देश स्वत: नयाँ युगमा प्रवेश गरिसकेको अवस्था हो। अत: नयाँ युगमा नयाँ राजनीतिक शक्तिको आवस्यकता पर्छ । पुरानो शैलीको जिन्दावाद र मुर्दावादको नारा गुथेर खाली सत्ता ढलाउने अनि कुर्सीमा आफु आसीन हुने प्रवृत्तिको परम्परागत शैलीको राजनीतिक शक्तिहरुले नयाँ युगको नयाँ परिवेशलाई गति
प्रदान गर्न सक्दैन। त्यसो भएको हुँदा अब नयाँ परिस्थितिको देशलाई आबस्यकता अनुसार अगाडि डोर्याउन, हालको पुरानो परम्परागत राजनितिक शक्तिहरुले सक्दैन भन्ने निष्कर्ष निकालेर बरिस्ठ राजनीतिज्ञ, विशेषज्ञ, अर्थविद, प्राविधिज्ञ एवम् पूर्व प्रधानमन्त्री तथा सफल अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईज्युले भन्दै आउनुभएको कुरा पनि हामीहरुलाई अवगत नै छ।
पुरानो युग शैलीको खाली सत्तामा पुगी राज गर्ने, जनतालाई पंगु बनाउने अनि देशलाई लुट्ने, पुरानो मध्ययुगीन राजनीतिक शास्त्र घोकेर लामो समयसम्म आफ्नो एकात्मक हाभी राखेको परम्परागत राजनीतिले देशलाई बिकास र निकास नदिने निश्चित देखिएकोले, अहिलेको परिवेश र युग सुहाउँदो राजनीतिक एजेन्डा, जसले २१औं शताब्दीको जनताको इच्छा अनि बिकासको माग, प्रतिस्पर्धात्मक राजनीति, आत्मनिर्भरता, स्वाबलम्बन, नयाँ ढंगबाट देशको प्राकृतिक श्रोत साधनको सन्तुलित परिचालन, आर्थिक समृद्धिका बहु आधारहरु, सामाजिक आर्थिक सन्तुलन सहितको सामाजिक रुपान्तरण, समानुपातिक समावेशीता सहितको नयाँ राष्ट्रिय एकता, प्रत्यक्ष निर्वाचित कार्यकारी, संबिधानमा
नसमेटिएका जनताको बाँकी मुद्दाहरु, लगायत राष्ट्रियता- स्वाधीनता, स्वभिमान आधिको रक्षा गर्दै देशलाई नयाँ दिशामा अगाडि बढाउने उद्देश्यले जुन नयाँ शक्तिको जन्म भएको छ।

त्यसमा सम्पूर्ण प्रगतिशील, अग्रगामी, क्रान्तिकारी, उन्नत भावनाका बिकासवादी बौद्धिक क्षमतावान देशका जागरुक तथा जुझारु युवा शक्तिहरु नयाँ शक्तिमा सामेल भै देशको भविस्य निर्माणका लागि आफ्नो सहभागितामार्फत सफल बनाउने तदारुकताका साथ अब हामी नयाँ शक्तिमा नयाँ ढंगले नयाँ बिचारबाट आझै देखि लाग्न आवस्यक छ। यसको बारेमा बृहत् बहस, छलफल र सरसल्लाह गरि आफ्नो राय सल्लाह सुझावका साथ अगाडि बढ्न हामीले प्रवास देखि पनि यो अभियानमा सहभागीता जनाउने,समर्थन गर्ने र नयाँ शक्तिमा आवद्ध हुने अभिप्रायले सबैलाई अनुरोधका साथ यो थालनी गरेका हौं। यसमा नयाँ शक्तिमा आवद्ध सम्पूर्ण साथिहरुको साथ सहयोग राय सल्लाह रहन्छ र यहाँहरु पनि आफ्नो सक्रिय सहभागीताका साथ जिम्मेवारी बहन गरि नयाँ शक्ति अभियानलाई बृहत रुपमा सफल बनाउन हामी सबै पक्ष संग हातेमालो गर्दै सबै नेपालीहरुलाई नंया शक्ति निर्माण आभियानमा सहभागी हुन अनुरोध गर्दै आजका मितिबाट हामी आबद्ध भएको पार्टी एनेकपा माओवादी पार्टी र नेपाली जनप्रगतिशील मंच युएईबाट अलग भई नयाँ शक्ति शक्ति निर्माण अभियान प्रक्रियामा सहभागी हुने निर्णय गरेका छौ ।
१) उत्तम अधिकारी
२) सुरेश ढकाल
३) भिम श्रेष्ठ
४) बिनोद लामिछाने
५) बिनोद श्रेष्ठ
६) पवन अधिकारी
७) कुल बहादुर आचार्य
८) प्रकाश बन्जारा
९) रामचन्द्र डंगोल
१०) शंकर सुनार
११) बिनोद पन्थ
१२) बिष्णु सुनार
१३) बुद्दी श्रेष्ठ
१४) माया श्रेष्ठ
१५) भुवल परियार
१६) राम दर्नाल
१७) बाबुराम अधिकारी
१८) धर्मराज ढकाल
१) उत्तम अधिकारी
२) सुरेश ढकाल
३) भिम श्रेष्ठ
४) बिनोद लामिछाने
५) बिनोद श्रेष्ठ
६) पवन अधिकारी
७) कुल बहादुर आचार्य
८) प्रकाश बन्जारा
९) रामचन्द्र डंगोल
१०) शंकर सुनार
११) बिनोद पन्थ
१२) बिष्णु सुनार
१३) बुद्दी श्रेष्ठ
१४) माया श्रेष्ठ
१५) भुवल परियार
१६) राम दर्नाल
१७) बाबुराम अधिकारी
१८) धर्मराज ढकाल
0 comments:
Post a Comment