Tuesday, July 7, 2015




संविधानको प्रारम्भिक मस्यौदामा २०७२ मा  प्रस्तावना र विभिन्न धारा, उपधारामा उल्लेखित भएका शब्दहरू प्रति घोर आपत्ति÷विरोध प्रकट मगंलवार प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल ले काठमाण्डौमा ज्ञापन पत्र बुझाउदैं प्रर्दशन गरेको छ् ।
विद्यार्थी परिषद्ले काठमाण्डौं जिल्लाका प्रमुख अधिकारी एकनारायण अर्याल समक्ष ५ बुदें ज्ञापन पत्र बुझाउदै आपत्ती प्रकट गरेको छ् । अनामनगरको हनुमान स्थानमा केही बेर नारा लगाउदै विरोध प्रर्दशन समेत गरेको छन् ।
प्रस्तावनाको चौथो पंक्तिमा भएका सामन्ती र निरंकुश आदि देशलाई गाली गर्ने जस्ता शब्दहरू संविधानको प्रस्तावनाबाट तुरन्त हटाउनु पर्ने,संविधानको प्रारम्भिक मस्यौदा २०७२ को धारा ४ को धर्मनिरपेक्ष शब्द खारेज गरिनु पर्ने, भाग–३ को धारा ३१  उपधारा १ को कुनै धर्मबाट अलग हुने स्वतन्त्रता रहनेछ भन्ने वाक्य   खारेज गरिनु पर्ने, धारा २३ को उपधारा २ र ३ मा यौनिक अभिमुखीकरण भन्ने शब्द हटाई योग शिक्षा भन्ने शब्द राखिनु पर्ने र धर्मनिरपेक्षताको लागि को–को÷कस–कसबाट कति सहयोग लिइयौं ? जवाफ देऊ भन्ने लगायतका ५ बुदें माग सहित सुझाव पनि पेश गरेका छन् । 
ज्ञापन पत्र कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव मोहन श्रेष्ठ, राष्ट्रिय छात्रा प्रमुख उर्मिला भट्ट,केन्द्रीय सदस्य धिरेन चन्द सोडारी, त्रि.वि.संयोजक लोकराज भण्डारी, काठमाण्डौ जिल्लाका जिल्ला संयोजक र सह संयोजक क्रमश विकाश अधिकारी, जिवन कुमार शाही, काठमाण्डौ नगर सचिव भगवती श्रेष्ठ लगायतको हस्ताक्षर रहेको थियो ।
विद्यार्थी परिषद्ले २१ गते देखि विभिन्न जिल्लामा देश भर प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख ज्यूलाई ज्ञापन पत्र तथा विरोध प्रदर्शन गर्दै आइरहेको परिषद्का केन्द्रीय सदस्य धिरेन चन्द सोडारीले जानकारी गराएका छन् ।



0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH