धिरेन चन्द सोडारी
इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै
इन्टरनेटको गति सुस्त भएको बताइएको बिबिसीले जनाएको छ । साइबर विज्ञहरुले
यसलाई इतिहासकै सबैभन्दा गम्भीर साइबर हमलाको संज्ञा दिएका छन् । आक्रमण
मुख्यतया Spamhaus कम्पनीलाई लक्षित गरिएको छ , जसले डोमेन नेमसँग इन्टरनेट
सर्भर कनेक्टको कामलाइ सहज र मेन्टेन गर्ने काम गर्दछ |
ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होस्टिङ कम्पनीहरु बीचको विवादका बीच
बदलापूर्ण आक्रमणका कारण इन्टरनेटको मूख्य आधारशीलामै क्षति पुगेको
विज्ञहरुको भनाइ छ । यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न
इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित
हुने बताइएको छ । विभिन्न देशका ५ साइबर पोलिस फोर्सले यस घटनाको
अनुसन्धान पनि सुरु गरेको बिबिसीले लेखेको छ |
जेनेभा र लण्डनमा कार्यालय रहेको ह्याकर प्रतिरोधी इन्टरनेट संस्था
स्पामहसले विभिन्न इन्टरनेट होस्टिङ कम्पनीलाई कालोसूचिमा राखेर सर्भर नै
बन्द गरिदिएपछि होस्टिङ कम्पनी र उक्त समूहबीच विवाद बढेको हो । इन्टरनेट
प्रदायक कम्पनीहरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरेको,
अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर समूहलाई मलजल गरिरहेको आरोप उक्त
संस्थाको छ ।
आफुले इन्टरनेट प्रदायकहरुका त्यस्ता गतिविधिमा निगरानी गरेसँगै
आफूमाथि केही हप्ता यता विभिन्न खाले साइबर आक्रमण भएका उक्त संस्थाको दाबी
रहेको छ । स्मापहसका मुख्य कार्यकारी स्टेभ लिनफोर्डका अनुसार साइबर
आक्रमणविरुद्ध इन्जिनियरहरुले काम गरिरहेका छन् । यो साइबर आक्रमण निकै
भयानक रहेको र त्यसको बारेमा विभिन्न देशका साइबर पुलिस फोर्सले अनुसन्धान
गरिरहेका बताइएको छ ।

यस्तो साइबर आक्रमणबाट सरकारी विद्युतिय सूचना समेत असुरक्षित बन्ने
खतरा रहेको बताइन्छ । निकै तिब्र गतिमा यो साइबर हमला भैरहेको पनि उक्त
संस्थाले जनाएको छ । सरे विश्वविद्यालयका साइबर सुरक्षा विज्ञ एलान
वुडवार्डका अनुसार यो साइबर हमलाबाट विश्वभरीकै इन्टरनेटमा प्रभाव परेको छ र
इन्टरनेटको गति समेत धिमा भएको छ । यो आक्रमण ३०० गिगाबिट प्रति
सेकेन्डमा भैरहेको जनाइएको छ | Spamhaus का विश्वमा ८० वटा सर्भर रहेको छ,
जसले विश्वमा नै ठुलो डीएनएस सर्भरको निर्माण गरिरहेको जनाएको छ |
0 comments:
Post a Comment