Wednesday, March 27, 2013

विश्व मोबाइल सम्मेलन २०१३ मा के के आए ?

धिरेन चन्द सोडारी
उच्च प्रविधिको समयसंगै मोबाइलको क्ष्ँेत्रमा भएका विकास र भावियोजनालाई केन्द्रित राखेर फेब्रअरीको अन्त्यमा जिसिएमएम विश्व मोबाइल सम्मेलन २०१३ सम्पन्न भयो । मोबाइलको राजधानी मानिएको बार्सिलोनामा गएको फेब्ररी २५ वाट सम्मेलन ३ दिनसम्म चलेका थियो । सम्मेलनमा विश्वका २ सय बढी देशहरुवाट ७५ हजार मोबाइल व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको थियो । ३ दिनको उत्त सम्मेलनमा विभिन्न कम्पनीहरुले पछिल्ला मोवाइल प्रविधिको प्रदर्शन गरेका थिए ।
सम्मेलनमा कार्यकारी मोबाइल अपरेटरहरुको कन्फरेन्स पनि सम्पन्न भएको थियो । कन्फरेन्समा डिभाइस उत्पादक र टेक्नोलोजी उपलब्ध गराउनेहरुले न“या न“या उत्पादन भएका मोबाइलका विशेषताका विषयमा जानकारी दिएका थिए । निकै नै महत्वपुर्ण मानिएको सम्मेलनमा सामसुङ , नोकिया , एचटिसी , हुवावे र अन्य १५ सय बढी मोबाइल कम्पनीहरुको उपस्थित थियो । कतिपय कम्पनीले मोबाइल प्रोडक्ट लन्च गरेर त्यसको विषयमा जानकारी दिए भने कतिपयले लन्च गर्ने समय र त्यसको विशेषताको विषयमा जानकारी दिए ।
एनएफसीसंगको संयोजकत्वमा उत्त सम्मेलनको प्रदशनी हलले विभिन्न न“या फोन , डिभाइस , एप्लिकेशन , एसेसोरिज र टेक्नोलाजीहरुको झलक देखाएको थियो । हलमा कुपन र विभिन्न छुटहरु प्रदान गरिएको थियो जसले गर्दा सम्मेलनमा उपस्थित भएकाहरुले आफ्नो हेन्डसेटमा भर्चुअल एनएफसी लिएको पाइन्थ्यो ।
मोजिलाको न“या अपरेटिङ सिस्टम र उबुन्टु टच उत्कृट नया प्रविधि
सम्मेलनले विश्वको पहिलो मोजिलाको न“या अपरेटिङ सिस्टम रन गर्ने द अल्केटल वान टच फायर लगायतका केही डिभाइसको प्रदशन गर्नुका साथै त्यसको विशेषताको जानकारी दिएको थियो । ब्राइट ओरेन्ज आवरण रहेको ३.५ इन्चको मोबाइललाई न“या र रिफ्रेसिङ अनुहार भन्दै फायरफक्सको सिग्नेचरले जानकारी दिएपनि वेभ ब्राउजरको विरुद्धमा रहेका मानिसहरु ओपन सोर्स अपरेटिङ सिस्टम बनाउनुपर्छ भन्दै यसकंहा गएका थिए । कामलाग्ने आइकन र सर्टकट रहेको इन्टरफेस सामान्य र मैत्रीपुर्ण रहेको थियो जसले विभिन्न क्ष्ँेत्र र एप्सको प्रतिनिधित्व गरेको थियो । मोजिलाको पहिलो अपरेटिङ सिस्टम फोन नेटवर्क कस्टमाइजेसनका लागी डिजाइन गरिएको बताइन्छ जसमा अन्य विशेषताहरु थप गरिए मोबाइलको औद्योगिक क्षेत्रमा ठुलो सहयोग पु¥याउनेछ ।
अर्को टेक सेभ्भी डिभाइस भनिएको केनोनिकलको उबुन्टु टचको ट्याब्लेट भर्सन पनि सम्मेलनमा प्रदशन गरिएको थियो । लन्च हुने क्रममा सामान्य रुप , परिष्कृत डिजाइन र फैशनदार इन्टरफेसका कारण उत्त ट्याब्लेट बढी जिम्मेवारी र प्रभावकारी देखिन्थ्यो । बहुमुखी सेवा र आरामका लागी पनि उत्त ट्याब्लेट डिजाइन गरिएको थियो । त्यसैले “मोस्ट कम्प्लीट प्याकेज” को उपनाम पनि पायो उत्त ट्याब्लेटले । अर्को नोकिया लुमिया ७२० पनि उत्त सम्मेलनको प्रदशनीहलमा प्रदशन गरिएको थियो । यसको ४.३ इन्च एलसिडी , फिल्टरसहितको विन्डोज ८ फोन र नैभिगेशनल संकेतका लागी जिम्मेवार पानी नपस्ने स्क्रिन रहेको छ ।
हेर्दा अनुहार उस्तै देखिएपनि यसको मोडिफिकेशन भने थपिएको छ त्यो हो माइक्रो एसडीको प्वाल । उच्च लेभलको सफ्टवेयर र हार्डवेयर टेक्नोलोजीको प्रयोग गरिएको उत्त फोन विशेष गरी युवावर्गको लागी लक्षित गरिएको बताइएको थियो । मोबाइलको क्यामेरा भने ६.७ मेगापिक्सेल रहेको छ जसले एल.इ.डी फ्ल्यास र स्काइप एच डीको सपोर्ट गर्छ । त्यसैले नोकिया लुमिया ७२० लाई उच्च क्वालिटीको फोन मान्न सकिन्छ ।
यो वर्ष न“या र परिवर्तित मोबाइल र ट्याब्लेटहरु पाइएको थियो जसले साइबरनेटिक डिभाइससंगै साइबर टेकको उठान भएको देख्न सकिन्थ्यो । द आइ एम वाच लाई गुड लुकिङ स्मार्टवार्च मानिएको थियो जुन एन्ड्रोइड २.१ संग सजिएको र एलसीडी टच सिक्रनले छोपिएको छ । क्यालेन्डर , मौसम , सम्पर्क , समय र सामाजिक सञ्जालसंग अपडेट गराउनु नै यसको मुख्य विशेषता मानिन्छ । विभिन्न प्रदशनीमध्ये कुन चा“ही ग्याजेट्सले साच्चै नै शो को मन चो¥यो त ? यो जिज्ञासाको विषयनै बनेको थियो सम्मेलनमा । मुंल्याकनका लागी ९ जना जर्जहरु राखिएको थियो । सम्मेलनमा एसस् प्याडफोन इन्फिनिटी , नोकिया लुमिया ७२० , सोनिको एक्सपेरिया ट्याब्लेट , मोजिलाको फायरफोक्स न“या अपरेटिङ सिस्टम , क्यानोनिकलको उबुन्टु टच र अन्य केही न“या ग्याजेट्सको रुपमा प्रदशन गरिएको थियो ।
उच्च मुंल्याकन पश्चात अन्तत ः मोजिला फायरफक्सको न“या अपरेटिङ सिस्टम र क्यानोनिकलको उबुन्टु टच नै निर्णायकको मुंल्याकनमा प¥यो । मोबाइल फोन र ट्याब्लेटको विषयमा मात्र नहेर्ने यो जिसिएमए मोबाइल विश्व सम्मेलनले टेक्नोलोजीमा आएका न“यान“या प्रोडक्टको कुरा पनि गदै आएको छ । यो वर्ष पनि यसले त्यसलाई निरन्तरता नै दियो ।


प्रदशनीमा ल्याइएको मोटोरला र एलकेटल वान टच भने अहिले बन्दै गरेको वाटरप्रुफ स्मार्टफोन जुन तत्काल बजारमा पाइन सकिदैन । वाटर ड्यामेज सामान्य बन्दै गएकोले मोबाइल फोनहरुले अहिले भ्याकुम चेम्बर र मानव केश भन्दापनि सुरक्षित लेयर थिन्नरको प्रयोग गर्न थालेका छन् ।
त्यतीमात्र नभएर हुवावेको फ्लेगसिप एसकेन्ड पि टु र नोकियाको लुमिया ९२० पनि ग्लोभ मैत्री टच स्क्रिन हुन जसले गर्दा फोनलाई बढी सजिलैसंग प्रयोग गर्न सकिन्छ र यिनीहरुसंग मोटो फ्याब्रिकले छोपिएको सहज ह्स्टि पनि रहेको हुन्छ । अर्को कम्पनी माकरबोर्ट डट कमले पनि थ्रि डी प्रिन्टेड फोन ल्याएको थियो जसलाई “द क्लोजेस्ट थिङ टु टेलीपोटेर्सन” को उपाधी दिइएको थियो ।
सञ्चारयोगी डिभाइस बाहेक ट्रान्सपोट र घरलाई उपयोगी प्रविधीको पनि सम्मेलनमा लन्च गरिएको थियो । त्यो थियो पहिलो भ्वाइस कन्ट्रोल गर्ने कार रेडियो र घरलाई पुरै रुपमा कन्ट्रोल गर्न सकिने फुल्ली रिमोर्ट कन्ट्रोल्ड होम । स्पोटिफाई र फोर्डको संयुत्त सहकार्यमा तपाईले बोलेको कुरा सुन्न सक्ने रेडियोको निर्माण गरिएको हो । उत्त टेक्नोलोजीले तपाईको फोन र ड्यासबोर्डको कनेक्सन मिलाएर रेडियो संग बोल्न र सुन्न सकिने डिभाइस बनाउन लागिएको हो । यदि यो तपाईको लागी अविश्वसनिय महसुस हुन्छ भने , टेक्नोलोजीको विकासमा संघर्षरत इद्द नेटवर्क पाउन सफल टेलिफोनिका नामक कम्पनीले तपाईको पर्सनल कल सुन्न सक्ने र भ्वाइसको टोनको आधारमा कलरको साइकोलोजिकल प्रोफाइल बनाउने टेक्नोलोजीको विकास गर्दै गरेको जानकारी दिइएको थियो सम्मेलनमा जुन पत्याउनै गाह्रो थियो । यसको ८० प्रतिशत काम सम्पन्न भइसकेको पनि जानकारी दिइएको थियो । अझ फोन गर्ने व्यत्तिको मुड र परिवर्तन साथै भोकल टोनमा पाइने तिखारपनको पनि पत्ता लगाउने प्रयत्नमा रहेको छ टेलिफोनिका ।
सम्मेलनमा कन्फरेन्स प्रोगामलाई प्रदशनीसंगै राखिएको थियो जंहा लिडर र विज्ञको उपस्थित थियो । उनीहरुले न“या टेक्नोलोजी र अर्को जेनेरेशनको सर्भिस र डिभाइसका विषयमा जानकारी गराएका थिए । सम्मेलनमा मोबाइलले व्यत्तिगत या व्यापारमा पु¥याएको हानीको विषयमा पनि चर्चा गरिएको थियो । सम्मेलनमा जिसिएमएले एनएफसीले उसंग सम्वन्धित एप्स , सर्भिस , प्रोडक्ट र समाधानहरुलार्य वाणिज्यक गर्दा आउने चुनौतीको विषयमा छलफल गरेको थियो । लामो समयको रिभ्युपछि १८ आकर्षित सल्लाह बुझाएको भन्दै जिसिएमले फ्रेन्च कम्पनीलाई थिंक एण्ड गोलाई अवार्ड दिएको थियो । उसको सल्लाहमा एनएफसी डाइनामिक , एनएफसी सिक्रिन र एनएफसी शोपिंग प्रोडक्ट लगायतका बुंदा समेटिएका थिए । हामीले नदेखेका बेस्ट ग्याजेट्सहरुको प्रदशन गरिएको उत्त मोबाइल विश्व सम्मेलन २०१३ यसरी सफलता पुर्वक सम्पन्न भएको थियो । प्रविधीमा आएको विकाससंगै २१ औ शताब्दीमा आएका नंया टेक्नोजीका विषयमा पुर्ण जानकारी रहेको सम्मेलन साच्चै प्रविधीमय रहेको विश्लेषकहरुको दाबी छ ।

 

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH