-सन्तोष आचार्य
समाजशास्त्री, अनुसन्धानविद्
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो।
कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए– दुई शब्द त्यो हो–‘मैले बुझिसके’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे। गएराती नेपाली काङ्ग्रेश पार्टीले जुन क्षती ब्यहोर्नु पर्यो त्यो अत्यन्त दुखद छ तर किन हो कोनि घटना थाहापाएपछि मेरो मनले यो कुरा मान्न तयार नै छैन कि शुसिल जी को मृत्यु स्वभाविक भएको हो भन्ने ।
पार्टी भित्र अहिले जुन राजनीतिक माहोल थियो त्यसलाई हेर्ने हो भने सुशिल जी को मृत्युले कस्लाई फाईदा पुग्छ यो देशमा ! कुरो सोचनिय छ । हो सुशिल जी बिरामी हुनुहुन्थ्यो । वहालाई ज्वरो देखि निमोनिया दम सबै थियो । वहा केहि समय यता बिरामी पनि हुनुहुन्थ्यो । तर बिरामी हुनुको अर्थ यो हैनकि वहाको मृत्यु निकट थियो । मृत्यु एकदम नै अस्वभाबिक देखिन्छ । त्यसले मलाई लागेका एक दुई कुरो हजुरहरू सग राख्न चाहन्छु ।
१) पार्टी सभापती चयन प्रकृया नजिक छ, अहिलेको वहाको प्रतिद्वन्दी रामचन्द्र जी हुनुहुन्थ्यो । जबसम्म नेपाली काङ्ग्रेसलाई भारतको समर्थन प्राप्त हुन्न तबसम्म केहि हुदैन यो कुरो हामि सबैले बुझेको नै हो । रामचन्द्र जीलाई भारतको समर्थन प्राप्त छैन र वहाको छबी पार्टी भित्रै पनि त्यति राम्रो छैन तसर्थ रामचन्द्र जी पटक पटक जे जस्तो भएपनि जुन सुकै परिस्थितिमा पनि म पछी हट्दिन भन्नु हुन्थ्यो त्यसैले सुशील जी लाई नहटाई वहा अघि बढ्न सक्ने ठाउ थिएन । पटक पटक हारेको वहाको ईतिहास सबैलाई थाहै छ । त्यसैले डाक्टरहरू सगको मिलेमतोमा सुनियोजित रूपमा घटना घटाईएको हुनसक्छ । जब सम्म एक जनाको अन्त्य हुदैन तब सम्म अर्को माथी उठ्दैन यो नेपाली राजनीति को एउटा लुकेको पाटो पनि हो । दरबार हत्या, मदन भण्डारी काण्ड जस्ता घटना घट्दा त दोषीलाई कारवाही नहुने देशमा यो त एउटा सानो प्रकरण मात्र हो ।
२) शेर बहादुर जी अर्को तिर हुनुहुन्छ । सुशिल जी हुन्जेल वहाको पनि कुर्सी ढलमर थियो किनभने सस्थापन पक्षमा सुशील जी दह्रो हुनुहुन्थ्यो । शेरबहादुर जीको लागि रामचन्द्र जी प्रतिद्वन्दी नै हैन त्यसैले सुशिल जी हट्नु भनेको काङ्ग्रेसमा शेर बहादुर जी को लागि सधैको बाटो खुल्नु हो यो कुरो वहाले बुझ्नु भएको छ त्यसैले अर्को शन्का शेर बहादुर जी सग पनि जान्छ ।
३) सुजता जी पनि अर्को पक्ष हुनुहुन्छ । कोईराला परिवारको नेपाली राजनीतिमा योगदान कति छ त्यो सबैलाई थाहा छ । सारा बिउ रोपेको कोईराला परिवार ले नै हो तर फल खाने बेलामा कोईराला परिवारको कोहि पनि सदश्य राजनीतिमा दह्रो खुट्टो टेकेर नउभिएको अवस्था छ । सुशिल जी र सुजता जी को पटक पटक सार्वजनिक रूपमा नै झगडा परेको सबैलाई थाहा छ त्यसैले जबसम्म सुशिल जी हुनुहुन्छ तब सम्म सुजता लाई कोईराला थरलाई प्रयोग गरेर नेपाली काङ्ग्रेसमा दह्रो रूपमा खुट्टा टेक्न कठिनाई हुन्छ । वहाले त सुजता माथी गिरिजा बाबुलाई बिगार्ने पनि तै हो र मलाई पनि बिगार्न मसग म्याउ म्याउ गर्दै न आईज समेत भन्नु भएको थियो त्यसैले सुशिल सग सुजताको सदैब मतभेद रहि नै रहन्थ्यो तसर्थ सुशिल नेपाली राजनीति बाट जादा फाईदा सुजतालाई पनि यथेस्ट रूपमा नै पुग्ने देखिन्छ । त्यसैले अर्को शन्का गर्ने ठाउ त्यता पनि छ ।
४) सुजताको सभापती पदको वार्गेनिङ् महामन्त्री पदको लागि हो भन्ने सबैलाई थाहा छ । मृदुला कोईराला सुशिल दा सग नजिक भएको कुरो सुजतालाई समेत मन परेको थिएन त्यसैले यदी सुशिलजी पुन सभापती हुनुहुने भयो भने मृदुला कोईरालाको पनि स्थान काङ्ग्रेसमा राम्रै हुने देखिन्छ । सुजता यो चाहन्न थिईन् कि मृदुला कोईरालाले कोईराला परिवारको नाम प्रयोग गरेर नेपाली राजनीतिमा बर्चस्वता जमाउदै उनलाई पछि पारून् । त्यसैले ना रहेगि बास न बजेगी बासुरी भन्ने सिद्दान्तलाई मुर्त रूप दिन खोजिएको पनि हुनसक्छ ।
५) र अन्त्यमा सुशिल दा को रोग सग सबै जानकार नै थिए। सुशिल दा लाई नेपाली राजनीति बाट हटाउन धेरै कसरत गर्नु नै पर्दैन थियो । डाक्टर सग मिल्नासाथ सजिलै सुशिल दा लाई हटाउन सकिन्थ्यो त्यसैले सुशिल दा को दुस्मन नेपाली राजनीतिमा प्रसस्तै भई रहेको बेलामा शन्काको सुईलाई जतापनि घुमाउन सकिने आधारहरू प्रसस्तै छन् । आखिर के हुन सक्छ त सुशिल कोईरालाले बोलेको अन्तिम वाक्यको अर्थ ! उनले के त्यस्तो कुरो बुझेर गए जो हामिले बुझेको छैनौ । कुरो सोचनिय छ । हुन त यहा कत्रा कत्रा काण्ड मच्चिदा समेत दोषीहरू सजिलै उम्किन्छन् यस्तो अवस्थामा सुशिल कोईराला जो उमेरले पनि अत्यन्तै बुढा भई सकेका थिए । उनको मृत्युको बारेमा सोच्ने नेपाली जनतालाई त के पार्टी कै कार्यकर्तालाई समेत फुर्सद नहोला तरपनि गणतान्त्रीक सम्वैधानिक नेपालको प्रधानमन्त्री पनि भईसकेको हैसियतले र उनको प्रधानमन्त्रीकालमा नेपाली जनताले गणतन्त्र नेपालको प्रथम सम्विधान समेत पाएको हैसियतले वहा यो राष्ट्रको पिता समान हुनुहुन्छ ।
यस्तो व्यक्तीको अकल्पनिय र अस्वाभाविक मृत्युलाई हेर्ने हो भने यहा कतै ठुलै खेल त भएको छैन त्यो कुरो विचारणिय छ । तसर्थ एक पटक छानविन समिति पो बसाल्ने हो कि ! किन मैले यो कुरा उठाए त भन्दा सुशिल कोईरालाको निधारमा रगत देखिएको छ । आखिरमा रगत कसरी आयो त निधारमा ? दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन् । ‘टाइप टु रेस्पिरेटरी फेलियर’ मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ। यदि त्यो हो भने रगतको संचार नै बन्द हुनुपर्ने हो। कांग्रेस माहाधिवेसनको पुर्बसंन्ध्यामा वाहाको यो प्रकृतिको निधन सोचनिए छ ।
तसर्थ बिचार हजुरहरू समक्ष छ वास्तविकतालाई प्रस्ट्याउने या यसलाई पनि अन्य काण्डहरू जस्तै सहजताको साथ छाड्ने हो निर्णय पनि हजुरहरूलाई नै छाड्दछु ।
धन्यवाद ।
0 comments:
Post a Comment