पौष १९, काठमाडौं
प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल काठमान्डौ महानगर इकाई समितिको आयोजनामा गत पौष १२ गते देखि १८ गते सम्म गौरीघाट, केशवघामको सभामा सञ्चालन गरिएको एक हप्ते उदेघोषण तालिम सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, परिषद्का राष्ट्रिय महासचिव रमेश कंडेल, विशिष्ठ अतिथि परिषद्का राष्ट्रिय सचिव मोहन श्रेष्ठ, परिषद्का केन्द्रिय सदस्य एवम् काठमान्डौ जिल्ला प्रमुख विकास अधिकारी अतिथिको भुमिकामा रहनु भएको हो ।
एक हप्ते उद्घोषण तालिमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि कंडेलले यो नेतृत्वकर्ता उत्पालनको कार्य भएको हुदा सान्दर्भिक र प्रयोगात्मक हुने जसले गर्दा जुनसुकै ठाउँमा पनि सजिलै कार्यक्रमहरु गर्न सकिने बताउनु भयो । विद्यार्थी परिषदले यस्ता तालिमहरु देशभर नै सञ्चालन भइरहेको जानकारी दिनुहुदै कार्यक्रमलाई स्वागत मनतब्य ब्यक्त गर्नु भएको हो ।
विद्यार्थी परिषदका राष्ट्रिय सचिव मोहन श्रेष्ठले भन्नु भयो, संख्यात्मक भन्दा गुणात्मकतालाई जोड दिनु आवस्यक रहेको र असल नेतृत्वका लागि थोरै संख्या भए पनि फरक हुदैन । तसर्थ तालिमका भएको उपस्थिति संख्या नै उत्तम भएको बताउनु भयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि डा. डिल्लिराम अधिकारी, विशिष्ठ अतिथि प्राज्ञिक विद्यार्थी परिषद्,नेपालका सह—संगठन सचिव नारायण प्रसाद ढकाल रहनुभएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिले भने , यस समयमा उद्घोषण तालिम गर्नाले उर्जावान विद्यार्थीहरुको सक्रियता बढेर जानेछ जसले गर्दा विकसित राष्ट्र निर्माणमा मदत पुग्ने गर्दछ, सकारात्मक सोच नै राष्ट्र पुन निर्माणको कोशेढुङ्गा हुने बताउनु भयो ।
यसै गरि परिषद्का केन्द्रिय सदस्य एवम् काठमान्डौ जिल्ला प्रमुख विकास अधिकारीले काठमान्डौ महानगर इकाईको आयोजनामा हुन गइरहेको यो कार्यक्रमले सक्षम नेतृत्व खडा गर्ने बताउनु भयो । विभिन्न तालिमहरुको आयोजना मार्फत देशमा असल ब्यक्ति निमार्ण गर्ने र असल ब्यक्ति निमार्णको माध्यम द्दारा नै राष्ट्रको पुननिर्माण हुने अधिकारीले बताउनु भयो ।
प्रशिक्षकहरुमा दीपक लामिछाने, नारायण प्रसाद ढकाल, रमेश कंडेल, मोहन श्रेष्ठ, भगवती श्रेष्ठ, लगाएतले प्रदान गर्नु भएको हो । कार्यक्रमका अध्यक्षता सुश्री निरु आचार्यले गरेकी थिइन्, भने कार्यक्रम सञ्चानल कृष्ण प्रसाद हुमागाईले गरेका थिए ।

समापन कार्यक्रममा स्वागत मनव्त्व सुरेन्द्र शिवाकोटीले गरेका थिए भने तालिममा प्राप्त गरेका ज्ञान र अनुभव शुसिला भट्ट, सहिल खान र रिमा अधिकारीले गरेका थिए ।
0 comments:
Post a Comment