Tuesday, November 24, 2015


हे मेरा प्यारा मधेशका दाजुभाई हो यदि तपाईहरू भित्र यदि मानबिय सम्बेदना मरेको छैन भने अब त सचेत हौ । नेपाललाई भन्दा भारतलाई आफ्नो ठान्ने मधेशमूलका हाम्रा दाजुभाईहरू जसले भारतको केहि भ्रस्ट नेताहरूको आड लिएर यतिका दिन देखि तराई बन्द गरि रहेका छन् आज तिनै भारत पक्षधरका सिमा सुरक्षा बलका जवानहरू उनिहरूको घर घर छिरेर उनिहरूलाई ताकि ताकि गोली हानि रहेका छन् । नेपाली भुमीमा छिरेर भारतीयले यसरि गोलि हान्नु निन्दनिय हो तर यो सबै जान्दा जान्दै पनि चुप लागेर बस्ने हाम्रो देशको सरकार, मानब अधिकारकर्मी तथा सन्चारकर्मीहरू नकच्चरा हुन् । यो घटनालाई आधार मान्ने हो भने अब मधेशीले यो बुझ्न आवस्यक छ कि काला अनुहार तथा धोती लगाएका मानिस हुदैमा ति सबै तिम्रा दाजुभाई हुन्नन् । सम्बन्ध अनुहार हेरेर बनाउछौ भने यस्ता गतिबिधीहरू तराईमा दोहोरि रहन्छ । आज भारतीय सग मिलेर पहाडे र हिमाली भेगको सम्प्रदायलाई दुख दिराको छौ तर जब जब तराईमा बाढी, हैजा, भोकमारी, तुसारो, शितलहर जस्ता प्रकोपहरू बढ्न थाल्दछ तब यिनै पहाडका दाजुभाईहरूले तिमिहरूलाई पटक पटक बचाएका छन् । आज तिमिहरूलाई गोलि लाग्दा समेत हाम्रो मन दुखेको छ, यदि हाम्रो पनि तिमिहरूको जस्तै सोच भएको भए हिजो सिमापारी गएर नेपाल प्रहरीलाई ढुङ्गा हान्ने तिमिहरू नै थियौ, यस्तो काम त देशद्रोहीले गर्ने काम हो तरपनि तिमिहरूले गर्यौ त्यसलाई पनि माफि गर्यौ हामिले, सोझा सिदा नेपाली जनतालाई सिमा अवरोध गरेर दुख दिराको छौ, यात्रा गर्दा ढुङ्गा हान्छौ, एम्बुलेन्समा पेटोल बम हानेर मानिसको हत्या गरिराको छौ, यि सब देख्दा त लाग्छ कि तिमिहरूलाई किन हामिले आत्मियता देखाउने ! तरपनि आज हामि तराईमा घटेको यो घटना प्रति दुखि छौ तर सायद तिमिहरूका नेतृत्वको मन आज दुखेको छैन होला यो घटनाले । अझ पनि केहि बिग्रेको छैन समयम नै होस गर आज तिमिहरूले रोपेको हिंसाको बिउ बढेर भोलि रूख बन्यो भने पहाडलाई मात्र अफ्ठ्यारो पर्दैन तराईलाई पनि गाह्रो पर्दछ । समयमा नै सचेत हौ ।
निवेदक
एक सच्चा देश भक्त नेपाली

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH